ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

साझा सनातन धर्मको मूल थलो नेपाल

४ आश्विन २०८०, बिहीबार
४ आश्विन २०८०, बिहीबार

राष्ट्रगुरु योगी नरहरिनाथले “असली हिन्दूस्थान त नेपाल हो त्यसैले यहाँ सबैले आफ्नो कुलधर्म बचाउनू भन्दै हिँडेको कुरा हामी सबैले जानेकै विषय हो । हो यहाँको इतिहास परम्परा सबै कुरा हेर्दा साँच्चै सनातन वैदिक धर्मको मूल थलो नै प्यारो देश नेपाल लाग्दछ । यहाँ कहिलेपनि सनातन परम्पराका विभिन्न सम्प्रदायका बीचमा झगडा भएको इतिहास नै छैन । झगडा हुन त यहाँका सम्प्रदायमा भिन्नता भए पो । भिन्नता नै छैन । शिवलाई इष्ट देवता मान्नेले चारकोणमा विष्णु, सूर्य, देवी, गणेशको स्थापना गरेका छन् । इष्ट देव शिवलाई माने पनि सबै भगवानप्रति उत्तिकै प्रेम छ । ईश्वर कामले भिन्न भएका हुन् भन्ने बुझेका छन् । त्यस्तै विष्णुलाई इष्टदेव मान्नेले पनि बीचमा विष्णुको स्थापना गरी चार कोणमा शिव, गणेश, देवी, सूर्यको स्थापना गरेका छन् । सबैले पाएसम्म शालग्राम शिलालाई नै पञ्चदेवको प्रतीक मानेर पूजा गर्दछन् । यस्तै प्रकारले उपासना देवी, सूर्य, गणेश मान्नेले पनि गरेका छन् ।

यहाँका कुनैपनि प्राचीन मन्दिरमा यही अनुसारको भगवान्को स्थापना छ । बाबुले शिवलाई इष्टदेव मानेका छन् भने छोरालाई शिव नै मान्नैपर्ने भन्ने छैन । उसलाई आफूले इच्छाएको देवता मान्ने पूर्णाधिकार छ । यहाँ शिव मान्नेले कृष्णजन्माष्टमी वा एकादशीमा टन्न भात खाएर शिवरात्री र सोमवारको मात्र उपासना गर्दैनन् । शास्त्रले बताएका सबै देवी देवताप्रति उत्तिकै सम्मान छ । देवीको उपासकले पनि एकादशीको व्रत गर्ने गर्दछन् । प्रत्येक सनातनी नेपालीले शिवरात्रीका दिन शिवलाई नै ब्रह्म देखेर पूजा गर्दछन । रामनवमीका दिन रामलाई नै ब्रह्म देखेर पूजा गर्दछ । दशैँमा देवीलाई नै सर्वशक्तिमत्ताको भावले आराधना गर्दछ । यज्ञलाई विशेष ग्राह्यता दिएर मन्दिर भन्दा पनि यज्ञमण्डपको रूपमा रहेका पवित्रस्थलहरू पनि त्यस्तै किसिमले बनेका छन् ।

वैष्णवहरूले पनि भगवान् शिवको स्थापना गर्नुभएको छ । हाम्रा गाउँघरमा सँगै बसेका निमार्गी वैष्णवहरूले त झन् प्रत्येक दिन रुद्राभिषेक नगरी नखाएको हाम्रै आँखाले देखेको छ । वैष्णवका अरू भेदमा पनि हो दैनिक पूजा गर्दा केही विधिले विष्णुको कृष्णको पूजामा अलि जोड दिएतापनि सबै देवीदेवतालाई सम्मानका साथ पूजा गरेर आचार्यहरू भगवान् पशुपतिनाथ, केदारनाथ, विश्वनाथ गएर शिवराधनामा मस्त भएर शिवतत्व कल्याणतत्वमा लीन भएको हाम्रै आँखाले देखेको विषय हो । त्यसैले त यो देशका प्रत्येक मानिसहरूलाई देखेर महर्षि महेश योगीले यहाँका प्रत्येक मानिस देवता हुन् भन्नुभएको थियो । अरू त कुरै छाडौँ पूजापद्धति र दर्शन एउटै खालका भएतापनि हाम्रा अल्पबुद्धिले बौद्ध एवम् किरात भेदमा देखेकाहरूले पनि यही खालकै व्यवहार गर्नुभएको छ । त्यसैले त शिवांशपुरुष योगी नरहरिनाथले यही पुण्यभूमिलाई मात्र असली हिन्दूस्थान देख्नुभयो । तर लोकतन्त्र आयो । हाम्रो वैदिक सत्य सनातन धर्मलाई नै सैतान र काफिर भन्ने त यहाँ छिरे छिरे । विश्व कल्याणको कामना गर्ने वैदिक सत्य सनातन धर्मको गुदी देख्नै सकेनन् । ती धर्म मान्ने मध्येका पनि सही र असली मानिस छिरेका भए त त्यस्ता कुरा पक्कै गर्दैनथे । ती रिलिजनका माध्यमले यहाँ मिलेर बसेको समाजमा उथलपुथल पार्ने योजना भएकाहरूले उनीहरूलाई सही कुरा नसिकाएर उही गाली मात्र गर्न सिकाएका हुनाले यस्तो हुनु ती रिलिजनका कारणले भन्दा पनि उनीहरूलाई गलत सिकाएर पठाएका धर्मगुरुहरूले गर्दा हो ।

उनीहरू त आफूलाई अर्कै धर्मको भन्ने चिनाएर छिरे । हामीलाई गाली गरे । तर केहीथरी आफूलाई हिन्दू नै भनेर घुसपैठ गरे । सनातन धर्मका प्रत्येक देवी देवता र चाडवाडलाई बराबर तरिकाले मान्ने र मनाउने गरेका सोझा नेपालीलाई उल्टापुल्टा गरेर यो ठूलो र त्यो ठूलो भन्न सिकाए । तैले मानेको त गलत हो त्यसलाई नमान । तैले गरेका कर्म त ईश्वरीय हैनन् । ती त सबै भूतप्रेतीय हुन् भन्न सिकाए । कसैले आफ्ना फोटा बाँडेर आफूलाई नै सर्वशक्तिमान् गुरु घोषणा गरे त कसैले झन् भगवान्का मन्दिरमा आफ्नै मूर्ति छिराएर आफूलाई नै भगवान्को पनि भगवान् भन्न सिकाए । के के सिकाए सिकाए । के के रटाए रटाए । शिवलोक, वैकुण्ठलोक, देवीलोकको सबै ठेक्का लिएर आएकाहरूले अझ मोटो रकममा ती ती लोकमा जाने टिकटसम्म काट्न भ्याए । सोझा नेपाली चिम्म गरे । आँखा खोल्दा धर्मगुरुहरू गरगहना र सम्पत्तिसहित अलप भए । भगवानसँग लभ भएन लप्प भयो ।

यो मेरो प्यारो देशमा यस्तै किसिमका बाजा बजाउनेहरूले लुटिरहेका छन् । हामी बाजा तालमा नाचिरहेका छौँ । धर्म के हो ? धार्मिकता भनेको के हो ? के का लागि आस्तिक भइने हो ? परमात्मा के हो ? आत्मा के हो ? किन जन्म भयो ? किन मृत्यु हुन्छ ? यी यस्तै खालका वेदान्तका प्रवचन दिएर जीवन सार्थक तुल्याउन खोज्ने स्वामीजीहरूका मञ्च खाली छन् । तर वैकुण्ठ र शिवलोक पु¥याउनेहरूका दोकान मस्त चलेका छन् । गुरुकै जय जयकार र झाम्रे गानमै समय वितेका छन् । के भन्छन् भन्छन् । मिलेर बसेका बौद्धमार्गी र किरातमार्गीलाई त ल विधर्मीले फुटाए रे अनि हृदयका एउटै नसा भएका शिवमार्गी वैष्णवमार्गी देवीमार्गीलाई चाहिँ आफ्नो पेटपूजाका लागि फुटाउनेलाई के भन्ने ?

अचम्म छ विहानभरी शरीरभरि के के घसेर नाङ्गै भट्भटाउने बाको पनि चेतना आएको छैन भने त्यो विहानै भटभटे हाँक्ने छोराको कसरी चेतना आउने । अर्को कुरा गलत मार्गमा गलत गुरुद्वारा प्रशिक्षित ती भट्भटे बाको पनि कसरी आउने र चेतना । ईश्वरपुजनले त व्यक्तिलाई वसुधैव कुटुम्बकम् को मार्गमा हिँडालोस् न । त्यो त कता हो कता झन् व्यक्ति त वसुधाबाट तल खसेर अन्त्यमा त कुटुम्बकम् मात्र रहन जाने भयो । केही वर्ष पहिले हामीले स्वर्गद्वारीको दर्शन गर्न अत्यन्तै आदरणीय वैष्णवपथबाट ईश्वरको सेवा गरिरहनुभएका स्वामीजीसँग गएका थियौँ । मलाई त पहिला अब उहाँले स्वर्गद्वारी गएर कहाँ दर्शन गर्नुहोला भनेको त स्वर्गद्वारीमा स्थित शिवमन्दिरमा गई आफूले पहिले भस्म लगांई हामीलाई पनि भस्म लगाइदिनुभयो । के गर्ने त्यस्ता व्यक्ति कहाँ पाउने ?

त्यसैले भगवान्सँग प्रार्थना छ – आफूलाई हिन्दू धर्मको हिमायती, आस्तिक, विद्वान् ठान्ने हामीमा र हाम्रा चेतनामा त्यस किसिमका ढुलमुले मसला नमिसाइदिनुहोला कि जुन कुराले हाम्रो विवेक नै नष्ट होस् र ईश्वरका बीचमा पनि सानो ठूलोको भावना विकसित भएर इदं भ्रष्ट उदं भ्रष्टको भइयोस् । सबैका बुवा आमालाई एउटै भावले सम्मान गर्दै हामी हाम्रा बुवा आमाको सेवामा कत्ति विचलित न हौँ । कसैले स्वर्गको टिकटै लिएर आएपनि त्यस्ता कुराको लोभ नआओस् । हामी हाम्रै नेपाली वैदिक सत्य सनातन धर्ममा मर्न पाऊँ । शिवधाराको शान्तिसहित भगवान् शालग्रामको चरणामृत दैनिक ग्रहण गरी ब्रह्मलीन हुन सकौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?