© २०२३
भैरहवा, ३ असोज ।
लुम्बिनी होटल संघ, नेपालको अध्यक्षमा पुनः गोविन्द प्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।
ज्ञवाली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । संघको बिहीबार हुने अधिवेशनको लागि बुधबार मनोनयन दर्ताको समय रहेको थियो । अधिवेशनको एक दिन अगावै नेतृत्व टुंगिएको हो ।
बुधबार ३ बजेसम्म अध्यक्ष पदको लागि ज्ञवालीको एकल उम्मेदवारी परेकोले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता प्रख्यात बन्जाडेले बताए ।
संघको वरिष्ठ उपाध्यक्षमा लीलामणि शर्मा, उपाध्यक्षमा शेखर कार्की, महासचिवमा पुरुषोत्तम अर्याल, कोषाध्यक्षमा किरण प्रसाद कण्डेल, सचिवमा भुपेन्द्र गुरुङ्ग र सह –कोषाध्यक्षमा पुष्पाखर न्यौपाने निर्विरोध निर्वाचित भएको बन्जाडेले बताए । त्यसैगरी सदस्यहरुमा टिका कुमारी कट्टेल र पदमा न्यौपाने पनि निर्विरोध निर्वाचित भएका छन् ।
अन्य ६ सदस्य पदको लागि १० जनाको उम्मेदवारी परेकाले सदस्य पदको लागि मात्र मतदान हुने भएको छ । सदस्यहरुमा दिपक पंगेनी, प्रदिप भट्टराई, कृष्ण बहादुर खत्री, धिरज हलुवाई गुप्ता, धिरज भण्डारी, एकराज कण्डेल, जगत थापा, कृष्ण प्रसाद पोखरेल, रजुल श्रेष्ठ र माधव पौडेलको उम्मेदवारी कायम रहेको बन्जाडेले जानकारी दिएका छन् । संघको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन बिहीबार लुम्बिनीमा हुदै छ ।