ट्रेंडिंग:

>> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला >> बाल विवाह विरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता >> नेप्से १०.६१ अंक घटेर २६३३ अंकमा कायम >> अवरुद्ध कर्णाली प्रदेश संसद मंगलबार बस्ने >> सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री >> सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने – माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो >> ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार >> घोराहीको न्यायिक समितिद्वारा पहिलो अर्धवार्षिकमा ४६ विवाद मिलापत्र >> हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु >> सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक >> काममा हिडन थाले सैफ अली >> दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार बढी खेलाडीले गरे नाम दर्ता >> अमेरिकाबाट अवैध आप्रवासी फर्काउन कोलम्बिया सरकार तयार >> काठमाडौंमा ३९ लाख नगदसहित एक जना पक्राउ >> पाल्पाका दश हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने >> सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो >> सभापति कपमा आज संकटा र मच्छिन्द्र आमुने सामुने हुने >> ओस्कार ट्रफीमा देखिने मूर्ति कस्को हो त? रोचक कुरा जान्नुहोस् >> हमास नियन्त्रणमा रहेका इजरायली महिला सैनिकले भने, ‘यसबिचमा अरबीभाषा सिक्यौं’ >> अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’ >> भन्सार राजस्व चुहावट रोक्न जोड >> अर्को ‘ब्रेक थ्रु’ मा ढिलाई नहोस् >> न्यायिक समितिको कार्यबारे जानकारी गराउँदै गाउँ टोलमा >> ‘सुन्तलाखर्क’ को पाखैभरि पहेँलपुर सुन्तला >> मालिकामा कम गुणस्तरको मदिरा बिक्रीमा रोक >> अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलः पर्यटनको ढोका >> पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> सत्तारुढ दलको बैठक बस्दै >> करोड धरौटी बुझाएर छुटे रवि >> खेल संघहरु जिम्मेवार बन्न राखेप उपाध्यक्ष आचार्यको आग्रह >> रविबारे रुपन्देही अदालत- आरोपितले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार देखिएन >> ताल परिसरमा बनेको टहरा हट्यो >> रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश >> आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार जिल्ला सञ्जाल दाङ निरन्तरता >> २८६१ औ सोनाम लोसारको अवसरमा रक्तदान >> भरतपुर महानगरपालिकाले पहाडी क्षेत्रका शिक्षकलाई आवासीय भत्ता उपलब्ध >> रबि लामिछाने पक्षकाे बहस सकियाे, केही बेरमा आदेश आउने सक्ने >> नेपालमा ७२ औं विश्व कुष्ठरोग दिवस, कुष्ठरोग कम हुँदै

साहित्यकार शर्माको अठारौं कृति ‘अठार थुँगा’ विमोचन

३ आश्विन २०८०, बुधबार
३ आश्विन २०८०, बुधबार

दाङ, ३ असोज ।

साहित्यकार पद्मप्रसाद शर्माको अठारौं कृति ‘अठार थुँगा’ विमोचन गरिएको छ । प्रगतिशील लेखक संघ दाङ शाखाको आयोजनामा बुधबार घोराहीमा आयोजित कार्यक्रममा जीवनचरित संग्रहका रुपमा साहित्यकार शर्माको जन्मदिनको अवसरमा अठार थुँगा कृति विमोचन गरिएको हो ।

महेन्द्र बहुमुखी क्याम्पस दाङका प्रमुख भरतराज न्यौपानेले साहित्यकार शर्माको साहित्य र शिक्षा क्षेत्रमा गर्दै आएको योगदान सबैका लागि प्रेरणाको श्रोत रहेको बताए । उनले पठन संस्कृतिको विकास मानव चेतनाको विकासको प्रमुख आधार रहेको बताए । विचारले दृष्टिकोण बनाउने र त्यसबाट समाजका लागि केही योगदान दिने वातावरण बनाउन भूमिका खेल्ने हुँदा साहित्यकारले समाजलाई सही बाटोमा हिँडाउन समाज चेतनाको विषय उजागरमा ध्यान दिनुपर्ने बताए । पछिल्लो समय पठन संस्कृति कमजोर बनिरहेकाले यसतर्फ सबैको ध्यान जानुपर्ने बेला आएको बताए ।

सो अवसरमा, पूर्व राज्यमन्त्री सुस्मा शर्मा घिमिरेले साहित्यले मानवीय चेतनाको दायरा फैलाउन भुमिका खेल्न सक्नुपर्नेमा जोड दिइन् । पुरुष प्रधान देशमा अझै पनि विभिन्न कारणले विभेदको अवशेष बाँकी रहेकाले साहित्यिक जागरण आवश्यकता औँल्याइन् । नेपाल बनाउनेहरु अलमलमा परेको बेलामा साहित्यले देश बनाउने बाटो देखाउन पहल गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा साहित्यकारहरु रामप्रसाद जैशी, पुरुषोत्तम खनाल, सम्मानित व्यक्ति देवमणि गौतम, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, रेडियो मध्यपश्चिमका अध्यक्ष मधुसुदन वैद्य, प्रलेस दाङको पूर्व अध्यक्ष शरद अधिकारी, साहित्यकार ऋषिराज जंगली, निवृत्त शिक्षक सवा समाज दाङका अध्यक्ष गोविन्द पौडेल, स्वर्गद्वारी–दाङ सरोकार मन्चका अध्यक्ष नारायणप्रसाद अधिकारी, राप्ती साहित्य परिषदका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, नेपाली लेखक संघका अध्यक्ष डा हिमलाल पन्थी, राप्ती साहित्य परिषद दाङ शाखा अध्यक्ष दीपक शर्मा समीर, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, साहित्यकार एवम् सर्जक हरिप्रसाद पाण्डेयलगायत शुभकामना दिएका थिए ।

जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा श्रष्टा शर्माले आफ्ना शैक्षिक गुरु देवमणि गौतमलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कृतिको समीक्षा प्रलेस दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापाले गरेका थिए । उनले मोतीराम भट्टको पालाबाट थालनी भएको जीवनी लेखनीलाई शर्माले अठार थुँगामा अठार श्रष्टाको जीवन उतार्नु सफल भएको बताए । जन्मदिनलाई सिर्जनात्मक बनाउँदै समाजका लागि कृति उपहार दिने काम अनुकरणीय रहेको चर्चा गर्दै कृति पठनीय सामग्री रहेको बताए ।

यसअघि साहित्यकार शर्माका १७ वटा कृति प्रकाशन भई सकेका छन् । कृतिहरुमा हाम्रा सुसेलीहरु २०४९ गीत संग्रह सहप्रकाशन, ढिकपुरदेखि मेचीपुलसम्म २०५८ यात्रा संस्मरण निबन्ध, हुम्लाको झलक २०६० भूगोल ईतिहास, राप्ती साहित्य परिषदको ईतिहास २०६० इतिहास, नेपाल राष्ट्रिय शिक्षक संगठनको ईतिहास २०६१ निबन्ध, शब्दको भेद र कार्यक्रमको स्वरुप २०६१ निबन्ध, उपहार २०६२ आत्मकथा, जनआन्दोलन भाग २ मा दंगाली श्रष्टाको भूमिका २०६३ ईतिहास, पहलवानपुरदेखि तिलासम्म २०६५ यात्रा संस्मरण निबन्ध, तर पनि अचेत छौँ २०६७ यात्रा संस्मरण निबन्ध, जीवनको रहस्य २०७३ निबन्ध संग्रह, ढिकपुरदेखि अर्घाखाँचीसम्म २०७६ यात्रा संस्मरण, त्रिवेणी २०७७ यात्रा संस्मरण निबन्ध, उज्यालो पर्खिरहेको क्षितिज २०७८ कविता संग्रह, बाईस तारा २०७९ जीवनचरित, अधिकारी वंशधर नियाल्दा ईतिहास, र अठार थुँगा रहेका छन् । यसैगरी, अहिले पनि थुप्रै कविता, गित, निबन्ध, समीक्षा, समालोचना, जीवनी, समसामयिक लेख पत्रपत्रिकाहरुमा नियमित प्रकाशित हुने गरेका छन् ।

प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता तथा प्रलेस सदस्य रन्जिता शर्माको स्वागत मन्त्रव्यबाट शुरु भएको कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन उपाध्यक्ष रेशम बिसीले दिएका थिए भने सहजीकरण सदस्य सुशीला आचार्यले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?