ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

मैत्रीपूर्ण फुटवलमा जनप्रतिनिधि र पत्रकारको टिमले कर्मचारीलाई हराए

२ आश्विन २०८०, मंगलवार
२ आश्विन २०८०, मंगलवार

सुनवल, २ असोज ।

संविधान दिवसको अवसरमा मंगलबार नवलपरासीको सदरमुकाम परासीमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टोलीले जितेको छ ।

संविधान दिवस जिल्ला मूल समारोह समितिद्वारा आयोजित प्रतियोगितामा पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टिम र राष्ट्रसेवक कर्मचारीहरुको अर्को गरी दुई टिमको सहभागिता रहेको थियो । प्रतिष्पर्धात्मक बनेको खेलमा पत्रकार र जनप्रतिनिधिहरुको टोलीले कर्मचारीहरुको टोलीलाई ४–३ को गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

खेल सुरु भएको केही मिनेटमै कारागार कार्यालय परासीका कर्मचारी देव थापाले कर्नरबाट प्राप्त बललाई गोलको दिशा देखाउँदै कर्मचारीको टिमले अग्रता बनाएको थियो । पहिलो हाफमा २÷२ गोलको बराबरी खेलेका दुवै टिमले दोस्रो हाफमा खलाडी परिवर्तन गर्दै कडा प्रतिस्पर्धा गरेका थिए । दोस्रो हाफमा कर्मचारीको टिमले पुन एक गोल थप गर्दै अग्रता बढाएपनि जनप्रतिनिधि र पत्रकारको संयुक्त टोलीले निरन्तर दुई गोल थपेपछि कर्मचारीको टोली उपविजेतामा सीमित भएको हो ।

खेलमा दुई गोल गर्ने संञ्चारकर्मी जितेन श्रेष्ठ सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत भए भने उत्कृष्ट खेलाडीको रुपमा कारागार कार्यालयका देव थापाले ट्रफी हात पारे । मैत्रीपूर्ण फुटवलको विजेता टोलीलाई प्रदेश सभा सदस्य वैजनाथ कलवार र खड्ग बस्नेतले ट्रफी प्रदान गरे ।

प्रतियोगितामा जिल्ला समन्वय प्रमुख, पालिका प्रमुख, गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख र पत्रकारहरुले सहभागिता जनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?