Butwal Today

सन्दिपविरुद्धको मुद्दाको सुनुवाई स्थगित

१ आश्विन २०८०, सोमबार
अ+
अ-

बुटवल,१ असोज । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले आज सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको हो ।

अर्को सुनुवाईको मिति तोकिएको छैन । लामिछानेविरुद्ध उजुरी दिएकी किशोरीको उमेर विवादास्पद छ । सरकारी निकायबाट प्राप्त कागजातले उनी नाबालिका नभएको देखिएको छ ।