ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

एसिया कप क्रिकेट : उपाधिका लागि भारत र श्रीलंका भिड्दै

३१ भाद्र २०८०, आइतबार
३१ भाद्र २०८०, आइतबार

बर्दघाट, ३१ भदौ ।

एसियाकप क्रिकेटको फाईनल उपाधिका लागि आज (आइतबार) भारत र श्रीलँका आमनेसामने हुँदैछन् । १६ आँै सँस्करणको फाइनल खेल श्रीलँकाको प्रेमदाशा स्टेडियममा खेलिँदैछ ।

सन् १९८४ मा पहिलो पटक आयोजना भएको प्रतियोगिताको १६ औँ सँस्करणसम्म आइपुग्दा भारत सर्वाधिक धेरै पटक उपाधि विजेता बनेको छ । उसले ७ पटक उपाधिमा कब्जा गरेको छ भने ३ पटक उपबिजेता बनेको छ । त्यस्तै श्रीलँकाले ६ पटक उपाधि चुम्दा ६ पटक नै उपविजेता बन्न पुगेको थियो ।

भारत र श्रीलँकाबीच अहिलेसम्म १ सय ६६ पटक एकदिवसीय क्रिकेटमा आमने सामने भएका छन् जसमा भारतले ९७ पटक जित निकालेको छ भने श्रीलँकाले ५७ पटक भारतलाई पराजित गरेको छ । जारी १६ औँ सँस्करणमा भारत, पाकिस्तान र नेपाल समूह ए र श्रीलँका, बँगलादेश र अफगानिस्तान समुह बी मा विभाजित भइ सुपर फोर चरण प्रवेशका लागि लिग खेल खेलेका थिए ।

समुह ए बाट भारत र पाकिस्तान, यस्तै समूह बि बाट श्रीलँका र बँगलादेश सुपर फोर चरण प्रवेश गरेका थिए । सुपर फोर चरणमा भारतले पाकिस्तान र श्रीलँकालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने श्रीलँकाले बँगलादेश र पाकिस्तानलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

भारत र श्रीलँका दुबैले सुपर फोरमा १–१ हार ब्यहोरेका थिए । एसियाकपको विगतलाई फर्केर हेर्दा अहिलेसम्म भारत र श्रीलँका २२ पटक आमने–सामने भएका छन । जसमा दुबै टिमले बराबर जित–हार ब्यहोरेका छन । दुबै टिमले ११ जित र ११ हार ब्यहोरेका छन । यसअर्थले पनि २३ औँ भिडन्त रोमान्चक हुने देखिन्छ । एसियाकपको फाइनलमा प्रभाव पार्न सक्ने ५ खेलाडीको सूचीमा भारतका रोहित शर्मा, कुलदिप यादव, जसप्रित बुमराह रहेका छन् भने श्रीलँकाका कुशल मेन्डीस र दुनिथ बेल्लालागे रहेका छन् । जारी एसियाकपमा रोहित शर्माले ५ खेलबाट १९४ रन बनाएका छन भने श्रीलँकाका मेन्डीसले ५ खेलमा २५३ रन बनाएका छन । बलिङ्गतर्फ भारतका स्पिनर कुलदिप यादव र श्रीलँकाका बेल्लालागे निकै सफल रहेका छन् । तीव्र गतिका बलर जसप्रित बुमराह भारतको मुख्य बलरका रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?