© २०२३
बुटवल,३० भदौ । मणिमुकुन्द कलेज बुटवलमा संचालित चौथो संस्करणको शिक्षिका तथा महिला कर्मचारी भलिबल प्रतियोगिताको उपाधि साविक बिजेता एभरेस्ट मावि बुटवलले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा एभरेस्टले न्यु होराइजनलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा न्यु होराइजन उपविजेता बन्दा गार्गि एकेडेमि बुटवल तृतीय भएको छ । प्रतियोगितामा रुपन्देहीका ८ बिद्यालयको सहभागिता रहेको थियो ।
गार्गिले अक्स्फोर्डलाइ मावि बुटवल लार्इ २–० ले पछाडि पार्दै तृतीय भएको हो । यस अघि शनिबार बिहान भएको सेमिफाइनल खेलमा गार्गि एकेडेमिलाइ पराजित गर्दै एभरेस्ट माबि र अक्स्फोर्ड माबिलाइ पराजित गर्दै न्यु होराइजन माबि फाइनलमा प्रवेश गरेका थिए ।
हरितालिका तिजको अबसर पारेर कलेजको बिबिएस संकायमा सञ्चालित बिद्यार्थीहरुको समुह कोम्ब्सले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताका बिजेता टिमलार्इ बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा अर्याल, मणिमुकुन्द कलेज व्याबस्थापन समितिका अध्यक्ष गम प्रसाद रेश्मी, कलेजका प्राचार्य टुक बहादुर क्षेत्री लगायतले पुरस्कार बितरण गरेका थिए । सो अवसरमा उपमहानगरकी उपप्रमुख अर्यालले तीजको अवसरमा शिक्षिका तथा महिला कर्मचारीबीच अन्तर मावि भलबिल प्रतियोगिता गर्नु आफैमा रचनात्मक काम भएको र यसले महिलाहरुको स्वास्थ्य मजबुद बनाउन टेवा पुग्ने बताइन् ।
कार्यक्रम समापनका अवसरमा मणिमुकुन्द कलेजका सह– प्राचार्य दिबाकर खनाल, बिबिएस संयोजक दिनेश पाण्डे, ब्याबस्थापन संयोजक पशुपति चौधरी, बिज्ञान संयोजक लक्ष्मण गैरे, कलेजका खेल प्रशिक्षक तथा जिल्ला भलिबल संघ रुपन्देहीका उपाध्यक्ष लोकेन्द्र भण्डारी,कोम्ब्सका अध्यक्ष दिपेन्द्र पाण्डे, बिबिएसकी छात्रा प्रिति गौतम लगायतले यो प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए ।