© २०२३
बुटवल,२९ भदौ । नवलपरासीको भूमहीमा सम्पन्न जिल्लास्तरीय अंग्रेजी स्क्राबल प्रतियोगितामा सुनवल युनाइटेड इङ्लिश बोर्डिङ सेकेन्डरी स्कुल सुनवलका अंकित बिक प्रथम भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन नवलपरासीको आयोजनामा भएको जिल्ला स्तरीय प्रतियोगितामा माउन्ट एभरेस्ट ईङलिस सेकेन्डरी स्कुल बर्दघाटका सचिन कार्की दोस्रो, सुनवल युनाइटेडकै बिनिता वर्मा तेस्रो र होली एन्जल्स सेकेन्डरि स्कुल बर्दघाटका आदित्य खरेल सान्त्वना भएका छ्न।
यो प्रतियोगिता निश्चित स्वचालित समय सूचकका परिधि भित्र रही तिब्र गतिमा अंग्रेजी शब्दहरु बोर्डमा निर्माण गर्ने प्रक्रियाबाट संचालित गरिन्छ । एउटा बोर्डमा विशेष गरी २ जना विद्यार्थीहरु बिच प्रतिस्पर्धा गराउने पद्दती रहेको छ । अंग्रेजी भाषामा विद्यार्थीहरुलाई सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता प्याब्सन नवलपरासीले पहिलो पटक आयोजना गरेको बताइएको छ ।
जिल्लाभरबाट १९ जना बिद्यार्थीहरु राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएका छ्न। प्रतियोगितामा जिल्लाभरका ३७ बिद्यालयका ७४ बिद्यार्थी हरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्याब्सन केन्द्रिय सचिव सुबर्ण न्यौपाने, प्याब्सन लुम्बिनी प्रदेश सचिव धन राज चापागाईं , प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेल, प्याब्सन जिल्ला सहसचिव यज्ञ न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।