ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

आदरणीय बुबा…

२८ भाद्र २०८०, बिहीबार
२८ भाद्र २०८०, बिहीबार

कुशे औशी अर्थात जीवन मार्गदर्शक लाई श्रद्धापुर्वक नमान गर्ने दिन!आज तपाईंको मुख हेर्ने दिन रहेछ ।
बुबा, म तपाईं भन्दा निकै टाढा छु जसले आफ्नो सपना छाडी सन्तति को सपना पुरा गर्ने संकल्प सहित दृढ रहन्छन तेस्ता महान पुरुषका लागि जीवन भरीको श्रदा सम्मान पनि अपुरो हुन्छ अधुरो हुन्छ तैपनी यो विशेष दिन बाबा का लागि!!
बाबा,तपाईंको लागि भनेर मैले शुभकामना दिन धेरै शब्द हरु खोजिरहे, तर कुनै सब्दले पनि तपाईंलाई शुभकामना दिन सकिन,, किनकि मेरा लागि बुबा शब्द बाहेक अरु कुनै शब्द नै भेटिन कि ती शब्द हरु प्रयोग गर्न सकु!!
मैले धेरै पढे आमाका बेदनाका कथाहरु,तर कहिल्यै पनि पढिन बा का अनुहारमा सलबलाएका दुखका बक्र रेखाहरु। हुन त आमाको जति चर्चा परिचर्चा बुबाको बारे भएको पाइन्न, बुबाको बारेमा प्रसङ कम नै मात्रामा आउने गर्छ ! आमाले जसरी दस महिनासम्म अनेकौ दुख कष्ट सहेर गर्भमा हुर्काउछिन र यश धर्तीमा आगमन गरौछिन त्यसपछी बुबाको सन्तान प्रतीको जिम्मेवारी उसैगरी बढेर जान्छ तेसैले बुबालाई मुख हेर्ने दिनको सुभकामना
बुबाको मुख हेर्ने दिन नजिकिदै गर्दा मलाइ धेरै कुराले उकुस मुकुस गराउछ। हुन त तपाईं लाई यी कुरा पढिरहदा झिनामसिना लाग्न सक्छन तर धेरै कुरा सामान्य लागे पनि बुझ्ने कोसिस गर्नुहोस्!

बुबाकै मुख हेर्ने दिन बिहानै उठेर बुबा लाई फोन गरेर ‘ happy father day ’ भने बाबा ले बुझ्नुभएन फेरि पनि  happy father day  बाबा भने, बाले राम्रै त भनेको होला भनेर आशिर्वाद छ बाबू भन्नुभयो । छोरो मान्छे हुदा आफ्नो बुबालाई कति माया गर्छु भनेर भन्न सजिलो हुदैन रैछ तर धेरै माया गर्छु बुबा!ठूलो महल मा राख्न नसकुला तपाईलाइ झुपडी मै खुसी भैदिनु।सन्तानले जिम्मेवारी पूरा गर्छन भनी ढुक्क का साथ लामो समयसम्म बाचिरहनु फेरि पनि बुबा को मुख हेर्ने दिनको शुभकामना छ बुबा । बुबा तपाईं अहिले जागिर को शिलशिला मा उमेर छउन्जेल परिवार सगै बस्न नपाउनुको ब्यथा हाल बिदेस गएर रोजगार गर्नुको भन्दा कम छ र? प्रिय् बुबा तपाईं किन यति महान हुनुहुन्छ?तपाईं लाइ लाग्न सक्ला कतै म आफ्नो सन्तानको प्रेमबाट ओल्झिएको त छैन? यस्तो नसोच्नु है बुबा !सबैलाई आमाको गित गाउदा आमासँगै लहरिने बुबालाइ बिर्सदा तपाइलाइ पीडाले मन भत्भती पोलेको त छैन नि ?!!, बुबा तपाईंलाई लाग्दो हो तपाईंले भोगेका र गरेका थुप्रै कस्टहरु तिम्रा सन्तानले देखेनन। तपाइँले एकान्तमा रोएका आँसु कसैले देखेनन। तर एउटा सामान्य परिवारको बुबाले गिटि कुटेर होस या खेत जोतेर होस सन्तानको भबिस्यको निम्ति आफ्ना थुप्रै पीडाहरु लुकाएर एक जोर कपडा पनि नफेरी दुख गरेका हुन्छन सन्तानको भबिस्य उज्जल होस भनेर।,

परिवार चाहे सामान्य होस या सम्पन्नको।जस्तोसुकै भएपनि बुबाले दुख गर्ने आखिर सन्तान को लागि त हो “हड्ी घोटेर सन्तान को जीवन रंगीन बनाउने,आफ्नो पसिनाले सन्तानको भबिस्य लेख्ने अनि एक्लै घर चलाउने हिम्मत राख्ने पितालाई फेरि पनि कुशे औशी को सुभकामना!! ताते ताते देखि लिएर कर्मयोगी बनाउदासम्म आफ्नो सन्तानको लागि हरेक दुख पीडा सहि संघर्ष गर्ने आखिर पिता त हुन। जो कोहि पनि “पिता को लागि गौरबको कारण बन्न नसकिए पनि कलन्कको टीका नबनौ“।

कस्तो अचम्म छ है
चोट छोराछोरीलाई लाग्छ तर पीडा बाबा लाइ
दुख छोराछोरीलाइ हुन्छ तर आँसु बाबा का खस्छन
अब त बुबा तपाईं आउदा घर को कुना कुना खोज्ने छु, पत्ता लगाउनु छ दुख कहाँ लुकाउनु हुन्थ्यो!!अनि सोध्नु छ खुसी कुन बजार बाट किनेर ल्याउनुहुन्छ?
बुबा,यदि यश सन्सारमा एक ब्याक्ती छ जो मलाइ साच्चै प्रेम गर्दछ,मलाइ हेरेर जिउने गर्दछ र मलाइ सजिलै आत्मसात गर्छ भने त्यो हो तपाइ। तपाईं लाई धन्यवाद दिन चाहान्छु तपाईं मेरो प्रेम हुनुहुन्छ ।म तपाईं लाई जीवन भरी खुसी दिन सकु कुशे औशी को फेरि पनि शुभकामना बुबा
बुबा समय र दुरिले हामिलाइ अलग बनाएको छ तर तपाइको साथ,सहयोग, सल्लाह र प्रेम उत्तिकै रहनेछ म तपाईं बिना अधुरो हुनेछु प्यारो बुबा!बुबा को मुख हेर्ने दिन को मज्जा लिनुहोस है त ।
अनि बुबा तपाईं ले मलाइ हुर्काउनको लागि आफ्नो कोमल हातमा उठाएका फोहोराहरु मेरा यी आखाले कसरी मध्यनजर गर्न सक्थे र?
रात दिनको तनाब,घरपरिवारको तनाब,सन्तानको पढाइ लेखाइको तनाब, कति हो कति म समहाल्न कहाँ सक्थे र?
सन्तानको भारले थिचिएका र आफू भोको रहेर भएपनी हामिलाइ खुवाउदा तिम्रो अनुहारमा झल्केका खुसीहरु म कसरी पोख्न सक्छु र?
अनि बुबा तिमी डाको छोडी रुदा समाजले हुतिहारा भनेर कलंक लगाएको, आमाले भनेको मान्दा जोइटिङ्रे भनेर तिम्रो चरीत्र मा दाग लगाउन खोजेको म कसरी लुकाउन सक्थे र?

एकदिन छोराछोरी बिरामी हुदा रातभर छटपटाउछौ तर तपाईं बिरामी हुदा छोराछोरी लाई पानी तताएर दिने फुर्सद पनि हुदैन बुबा, हुन त आज एकदिन सम्मान देखाएर हुने पनि केही हैन तसर्थ क्षणिक खुसी दिएर हैन सधै सम्मान र सुखि बनाएर राख्न सकु। दुनिया मा हर छोरा मान्छेको भगवान हुन “बुबा“ किनकी हरेक मार्गदर्शनमा कुनै पनि तीखो प्रतिक्रिया होस या सरल,हरेक कुराको ज्ञान भएका बा नै हुन

धेरै कहानी लेखे,सबै प्रेम कहानी भए सबै कहानीको अन्त्य प्रेमिका नै!! तर आजसम्म तपाईलाई एउटा पनि पढेर सुनाउने हिक्मत आएन। न त पढ्नुहोस भनेर दिए नै ।लाज अनि डर दुबै कुराले पोल्दो रहेछ। लेख्न त धेरै मन थियो तर यहाँ धेरै लेख्दा पनि फादर डे को स्वाग पारेको आरोपी बन्न सक्छु बुबा । मुलुक र समाजलाई हानी हुने तथा भोलिका दिनमा आफ्नो बुबा चिनाउन कठिन हुने गरि केही गरेको छैन। समाजमा ठूलो योगदान दिन नसके पनि समाजलाई हानी हुने केही पनि गरेको छैन।आफ्नो काम मा इमानदरिता देखाउनुपर्छ भन्ने तपाईंको आदर्सलाई आत्मसात गरेर अगाडि बढेको छु। जीवनमा तपाईंलाई केही दिन नसके पनि तपाईंबाट धेरै कुरा लिएको छु बुबा, तपाईंबाट पाएका आदर्श र ज्ञान गुनका कुरा लाई मनन गर्दै फेरि पनि कुशे औशीको सुभकामना टक्राउन चाहान्छु।
बा तपाईंलाइ सम्बोधन गर्ने त म सगँ कुनै शब्द नै छैन तपाइँलाई सधै बुबा भनेर बोलाउन पाइराखुँ। शारीरिक रुपले टाढा भए पनि आत्मियता गाढा छ हजुरको कारण म यो स्थान मा छु हजुरको मुहारमा सधैभरी खुसी छाओस, बाकी दुख,कस्ट,रोग,पिर,ब्यथा म आफै बुझौला अनि सहौला पनि

बुबा,यसपटकको कुशेऔशीमा कोहि बुबाहरु घरबारबिहिन नहुन। मन्दिरको पेटिमा नभेटिउन। बृद्द आश्रममा आँसु नखसालुन। स्वस्थ रहुन। खुसी रहुन। परिवार को साथ मा रहुन। सन्तानबाट हेला हैन स्नेह पाउन। सम्पुर्ण बुबाहरुमा अनि बुबाको भुमिका निभाउने सम्पुर्ण आमाहरुमा पनि कुशे औँशीको शुभकामना सहित हार्दिक नमन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?