© २०२३
बुटवल,२८ भदौ । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिताको फाइनल आज हुने भएको छ । खस्यौली स्नुकर क्लब बुटवलमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुंदै शंकर खड्का र शिशिर गुरुङ फाइनलमा पुगेका छन् । शंकरले सम्बन्ध विके र शिशिरले विजय थापालाई सेमिफाइनलमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । प्रतियोगिताको फाइनल खेल बिहान ११ बजेदेखि शुरु हुने र पुरस्कार वितरण तथा समापन कार्यक्रम दिउसो २ बजे शुरु हुने आयोजक रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष सुजन पुनले जानकारी दिए ।
प्रतियोगितामा रुपन्देहीका १२८ जना खेलाडी सहभागी भएका थिए । उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैयां नगद पुरस्कार पाउने प्रतियोगिताका संयोजक विजय गुरुङले बताए ।
कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए । थापाका अनुसार हाई फ्युचर, रिस्ट्रेटो बारटेण्डिङ स्कुल,तिनाउ कलर हाउस,रोमाज फेसियल हाउस युनिसेक्स सैलुन,टाटु बिज,हिमांशु बुटिक,रेश्मी पोलिथिन उद्योगले सहयोग गरेका छन् ।
यस्तै ज्ञानपुन्ज बोर्डिङ स्कुल,भूपू सैनिक वहुउद्देश्यीय सहकारी, आस्था समूह,विराज भट्टचन,सुदिप घिमिरे,याङसिंह रेश्मी,सजमिर मिया ,लाइफलाइन मेनपावर,करिश्मा क्लिनिक,जमिल खान, सबर मिया,सोभित दर्लामी,चुन्नु पौडेल,ग्राण्ड क्याफे,राजेश कार्की,प्रकाश परियार,सन्दिपकुमार श्रेष्ठ,डिजि ल्याब प्रालि,पश्चिमाञ्चल ट्रक समिति,नरिश्वर पौडेल,बुटवल वडा नं १ कार्यालय,बुटवल ५ वडा कार्यालय,बुटवल ६ वडा कार्यालय,पाल्पाली टाइगर ट्रेडिङले आर्थिक सहयोग गरेका कोषाध्यक्ष थापाले जानकारी दिए ।
प्रतियोगिताको मिडिया पार्टनर न्युज बुटवलटुडे डटकम रहेको छ ।