ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> १५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व >> गुरुकुललाई बुद्धभूमि नगरपालिकाको सहयोग >> अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार >> जिप दुर्घटना : एक करोड ३२ लाख खर्च व्यहोर्न मुस्किल >> दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री >> सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपियाँ बढ्यो, खारेज गर्न निर्माण व्यवसायीको माग >> अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार >> विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा >> फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी >> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप >> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

२८ भाद्र २०८०, बिहीबार
२८ भाद्र २०८०, बिहीबार

आज मिति २०८० साल भाद्र २८ गते बिहिबार। तदनुसार सन् २०२३ सेप्टेम्बर १४ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। भाद्र कृष्णपक्ष आमावश्या तिथि । पुर्वफाल्गुणी नक्षत्र। गद योग। चतुष्पद करण। सिंह राशीमा चन्द्रमा ।

सूर्योदयः प्रातः ५.४८ / सूर्यास्तः १८.०९ बजे।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
पेसा तथा व्यवसायको क्षेत्रमा प्रतिस्पर्धी वातावरण रहनेछ। नयाँ काम गर्न प्रेरित हुनु हुनेछ। बौद्धिक र लेखन कार्यको लागि शुभ दिन रहला। महत्वपूर्ण निर्णय गर्नुपुर्व सल्लाह सुझाव लिएर गर्नु उत्तम रहनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आज मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको दिन लाभदायक साबित हुनेछ। साथी र आफन्तसँग मिलेर उत्तम भोजनको मज्जा लिनुहुनेछ। आर्थिक लाभ हुनुको साथै कैयौँ ठाउँबाट उपहार प्राप्त गर्नुहुनेछ। सबैसँग रमाईलो क्षण बिताउनुहुनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
शरीरमा अस्वस्थ अनुभव हुनेछ। मनमा शंका र दुविधाको कारण निर्णय गर्न गाह्रो हुनेछ। विशेष रूपले परिवारको सदस्यसँग मनमुटावको प्रसंग बन्नाले मन उदास रहनेछ। परिवारको स्वास्थ्य चिन्ताको कारण बन्नेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफन्तसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रजसँग सामान्य कुरामा विवाद हुनसक्छ ।

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
नयाँ कार्यहरू सुरु गर्नको लागि उपयुक्त समय रहेको छ। व्यापारमा लाभ हुनेछ। रोजगारीका क्षेत्रमा पदोन्नति हुन सक्ला। परिवारमा आनन्द र उत्साहको वातावरण रहनेछ। घरायसी मेलमिलाप हुन सक्ला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाठो कसिलो भएर जानेछ ।जीवनसाथीसँगको सम्बन्ध घनिष्ठ रहनेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
तपाईले दिन सावधानीपूर्वक बिताउनु पर्ने हुन्छ। नयाँ कामको थालनी नगर्नुहोला। क्रोधावेश र अनैतिक आचरणले कठिनाईमा पुर्याउन सक्ला। समयमा नै भोजन नमिल्दा दिन खल्लो जस्तो अनुभुति हुनेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)
बौद्धिक, तार्किक, विचार विनिमय र लेखन कार्यको लागि शुभ दिन रहको छ । मनोरन्जन, भ्रमण, साथीसँग भेटघाट , सुन्दर खाना र लुगा, विपरीतलिंगी व्यक्तिसँग निकट हुनाले दिन रमाइलो र रोमाञ्चक रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साथीभाइसग रमाइलो गरि दिन बित्नेछ । बिभिन्न भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)
तपाई सन्तान र स्वाथ्यको विषयमा चिन्तित रहनुहुनेछ। अपचको समस्या हुन सक्ला। विचार परिवर्तन हुनाले मानसिक स्थिरतामा बाधा उत्पन्न गर्नेछ। नयाँ कार्य आरम्भ नगर्नु नै फाईदाजनक साबित हुनेछ। यात्रामा कैयौँ कठिनाइ हुन सक्ला।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
शारीरिक तथा मानसिक भयले सताउनेछ। कुटुम्बसँग वाद –विवाद हुनेछ। आमाको स्वास्थ्य खराब हुन सक्ला। अनावश्यक घटनाहरूले उत्साहमा कमी ल्याउनेछ । विशेषगरी गरेको लगानीबाट सोचे अनुरुप प्रतिफल नपाइएला।

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?