Butwal Today

यस्तो छ जिल्लास्तरीय स्नुकर प्रतियोगिताको क्वाटर फाइनल समिकरण

२७ भाद्र २०८०, बुधबार
अ+
अ-

बुटवल,२७ भदौ ।   सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता अन्तर्गत आज बुधबार क्वाटर फाइनलका खेलहरु शुरु हुंदैछन् ।
खस्यौली स्नुकर क्लब बुटवलमा जारी प्रतियोगितामा मंगलबार सम्पन्न तेस्रो चरणका खेलबाट ८ खेलाडी क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।

क्वाटर फाइनलिस्ट ८ जना खेलाडीको खेल तालिका आयोजक रुपन्देही पुल तथा स्नुकर संघले सार्वजनिक गरेको छ ।

संघका अध्यक्ष सुजन पुनका अनुसार क्वाटर फाइनलमा सागर गाहा र विजय थापाबीच, सम्बन्ध विके र कुमार थापाबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै सुरज मकाजु र शंकर खड्काबीच तथा अर्को खेलमा शिशिर गुरुङ र डेभिड गौचनबीच प्रतिस्पर्धा हुने छ ।

क्वाटरफाइनलका सबै खेल बेस्ट अफ फाइभका आधारमा खेलाइने खेल संयोजक विजय गुरुङले जानकारी दिए ।

प्रतियोगितामा रुपन्देहीमा बसोबास गर्दै आएका १२८ जना खेलाडी सहभागी भएका थिए । उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैया नगद पुरस्कार पाउने महासचिव शंकर खड्काले बताए ।

कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए । थापाका अनुसार हाई फ्युचर, रिस्ट्रेटो बारटेण्डिङ स्कुल,तिनाउ कलर हाउस,रोमाज फेसियल हाउस युनिसेक्स सैलुन,टाटु बिज,हिमांशु बुटिक,रेश्मी पोलिथिन उद्योगले सहयोग गरेका छन् ।

यस्तै ज्ञानपुन्ज बोर्डिङ स्कुल,भूपू सैनिक वहुउद्देश्यीय सहकारी, आस्था समूह,विराज भट्टचन,सुदिप घिमिरे,याङसिंह रेश्मी,सजमिर मिया ,लाइफलाइन मेनपावर,करिश्मा क्लिनिक,जमिल खान, सबर मिया,सोभित दर्लामी,चुन्नु पौडेल,ग्राण्ड क्याफे,राजेश कार्की,प्रकाश परियार,सन्दिपकुमार श्रेष्ठ,डिजि ल्याब प्रालि,पश्चिमाञ्चल ट्रक समिति,नरिश्वर पौडेल,बुटवल वडा नं १ कार्यालय,बुटवल ५ वडा कार्यालय,बुटवल ६ वडा कार्यालय,पाल्पाली टाइगर ट्रेडिङले आर्थिक सहयोग गरेका कोषाध्यक्ष थापाले जानकारी दिए ।
प्रतियोगिताको मिडिया पार्टनर न्युज बुटवलटुडे डटकम रहेको छ ।