© २०२३
बुटवल,२५ भदौ । बुटवलमा जारी सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो चरणका १३ खेल भएका छन् । तेस्रो चरणमा विजेता खेलाडीहरु क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लबमा बेस्ट अफ थ्रीका आधारमा खेलाइएको प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा सुरज मकाजुले सञ्जय बज्राचार्य लाई २–० को सोझो सेटमा पराजित गरेका छन् ।
यस्तै कुमार थापाले सञ्जय कार्कीलाई २–० को सोझो सेटमा, डेभिड गौचनले अमर थापालाई २–१ ले र प्रिन्स गुरुङले दीपक केसीलाई २–० को सोझो सेटमा पराजित गरेका छन् । यस्तै सम्बन्ध विकेले बसन्त क्षेत्रीलाई २–१ ले,शाकिर अन्सारीले सौरभ श्रेष्ठलाई २–१ ले,कुदल श्रेष्ठले विशाल जैसवाललाई २–० को सोझो सेटमा पराजित गरेका छन् । यस्तै सागर गाहामगरले रेशम रानालाई २–१ ले, विजय थापाले सन्देश थापालाई २–०को सोझो सेटमा, प्रकाश क्षेत्रीले सौरभ गुरुङलाई २–०को सोझो सेटमा, रुकु मोहम्दले अशोेक थापालाई २–० को सोझो सेटमा पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
यस्तै शिशिर गुरुङले विवेक सारु मगरलाई २–० ले, शंकर खड्काले मुकेश क्षेत्रीलाई २–० को सोझो सेटमा पराजित गरे । तेस्रो चरणका तीन खेल सहित चौथो चरणका खेलहरु मंगलबार जारी रहने खेल संयोजक विजय गुरुङले जानकारी दिए ।
प्रतियोगितामा १२८ जना खेलाडी सहभागी भएका छन् । उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैया नगद पुरस्कार पाउने महासचिव शंकर खड्काले बताए ।
कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए । थापाका अनुसार हाई फ्युचर, रिस्ट्रेटो बारटेण्डिङ स्कुल,तिनाउ कलर हाउस,रोमाज फेसियल हाउस युनिसेक्स सैलुन,टाटु बिज,हिमांशु बुटिक,रेश्मी पोलिथिन उद्योगले सहयोग गरेका छन् ।
यस्तै ज्ञानपुन्ज बोर्डिङ स्कुल,भूपू सैनिक वहुउद्देश्यीय सहकारी, आस्था समूह,विराज भट्टचन,सुदिप घिमिरे,याङसिंह रेश्मी,सजमिर मिया ,लाइफलाइन मेनपावर,करिश्मा क्लिनिक,जमिल खान, सबर मिया,सोभित दर्लामी,चुन्नु पौडेल,ग्राण्ड क्याफे,राजेश कार्की,प्रकाश परियार,सन्दिपकुमार श्रेष्ठ,डिजि लयाब प्रालि,पश्चिमाञ्चल ट्रक समिति,नरिश्वर पौडेल,बुटवल वडा नं १ कार्यालय,बुटवल ५ वडा कार्यालय,बुटवल ६ वडा कार्यालय,पाल्पाली टाइगर ट्रेडिङले आर्थिक सहयोग गरेका कोषाध्यक्ष थापाले जानकारी दिए ।
प्रतियोगिताको मिडिया पार्टनर न्युज बुटवलटुडे डटकम रहेको छ ।
Photo : File