© २०२३
बुटवल,२५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीमाथि एक पछि अर्को यौन दुब्र्यवहारको आरोप लाग्न थालेपछि खेलप्रेमीहरुले विभिन्न आशंका गर्न थालेका छन् । नेपाली टोलीले क्रिकेटमा गरेको प्रगति देख्न नसक्ने तत्व र सफल खेलाडीलाई दुख दिएर अघि बढ्न नदिन यस्ता आरोपहरु कसैको डिजाइनमा गरिएको त हैन भन्ने खेलप्रेमीहरुको आशंका छन् । यसअघि सन्दिप लामिछानेमाथि पनि यौन दुव्र्यवहारको आरोप लागेको छ । उक्त विषय अहिले अदालतमा विचाराधीन छ ।
अहिले आसिफ शेख विरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ । सोल्टीमोडको ह्यात प्लेसस होटलमा इन्टर्न गर्ने क्रममा चिनजानपछि आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको एक किशोरीले आरोप लगाएकी छिन् ।
आइतबार साँझ सामाजिक सञ्जालमा आसिफ शेखले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त कालीमाटी लगायतमा निवेदन दिन तयार पारिएको कागजात सार्वजनिक भएको छ । घटना सांचो हो भने निवेदन प्रहरी कार्यालयमा दिने हो कि सामाजिक सञ्जालमा राखेर खेलाडीको बद्नाम गर्ने हो ? यो विषयले गम्भीर आशंका उब्जिएको छ । प्रहरी वृत्त कालीमाटीका डीएसपी नरहरी अधिकारीले कार्यालयमा निवेदन नआएको बताएका छन् ।
पीडित भनिएकी किशोरीले आफ्नो निवेदनमा आसिफसँग चिनजान भएपछि आसिफले गौशालास्थित होटल शिवम प्यालेसमा लगेर अनुचित सहवास गर्न खोजेको आरोप लगाएकी छिन् ।
आसिफले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको भनेर दुईजना किशोरीले आरोप लगाएका छन् । कालिमाटीस्थित महिला बालबालिका सेवा केन्द्रलाई सम्बोधन गरेर लेखिएको उक्त निवेदन उनीहरूले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका छन् ।
भदौ १५ र २३ गतेको मितिमा दुईजना किशोरीहरूको नाममा निवेदन लेखिएको छ । तर यतिका दिनसम्म त्यो निवेदन प्रहरी कार्यालयमा किन दिइएन ? निवेदन सामाजिक सजालमा राख्नुको अर्थ खेलाडीलाई ब्याकमेलिङ गर्नु,बदनाम गर्नु र दुख दिनु भएको एक खेलप्रेमीले दावी गरे । ‘एक पछि अर्को खेलाडिमाथि आरोप लगाएर बद्नाम गर्ने तर कसुर प्रमाणित नभए खेलाडिको व्यक्तिगत र सार्वजनिक जीवनमाथि पुगेको क्षति कसले पुर्ति गर्ने ? – नाम उल्लेख नगर्न आग्रह गर्दै ती खेलप्रेमीले भने–‘सन्दिप लामिछानेको विषयमा कुनै मिडिया विपक्षमा त कुनै पक्षमा लागेको देख्दा अचम्म लागेको छ ।’