© २०२३
बुटवल,२४ भदौ । बुटवलमा जारी सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता अन्तर्गत आइतबार भएका दोस्रो चरणका खेलमा विजयी हुंदै ३० जना खेलाडी तेस्रो चरणमा प्रवेश गरेका छन् ।
रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लबमा बेस्ट अफ थ्रीका आधारमा खेलाइएको प्रतियोगिताको तेस्रो दिन भएको पहिलो खेलमा विमल प्रधानलाई २–० को सोझो सेटमा पराजित गर्दै शिशिर गुरुङ तेस्रो चरणमा पुगेका हुन् । यस्तै दीपक केसीले युवराज गौतमलाई २–१ ले पराजित गरेका छन् । बसन्त रेश्मी मगरले राजेश कार्कीलाई २–० को सोझो सेटले पराजित गरे ।
कुदल श्रेष्ठले जमिल अलीलाई २–० को सोझो सेटले, सुरज मकाजुले अनिश थापालाई २–०को सोझो सेटले, रुकुले रनबहादुर गुरुङलाई २–१ ले पराजित गर्दै तेस्रो चरणको यात्रा तय गरेका छन् ।
यस्तै विवेक थापाले सागर थापालाई २–१ ले, अशोक थापाले मोहन खत्रीलाई २–० को सोझो सेटले, पिन्स गुरुङले सुजन थापालाई २–० को सोझो सेटले,सन्जय कार्कीले मन्जिल गुरुङलाई २–० को सोझो सेटले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका छन् ।
यस्तै सकिल अन्सारीले विशाल मर्लामी मगरलाई २–१ ले,सौरभ गुरुङले विश्वास कर्माचार्यलाई २–१ ले,कुमार थापाले सन्जु बस्नेतलाई २–० को सोझो सेटले,अमर थापाले प्रेमबहादुर क्षेत्रीलाई २–० को सोझो सेटले,सम्बध विकले पिताम्बर सोमैलाई २–१ले पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
यस्तै आइतबारै भएका खेलमा बसन्त क्षेत्रीले जीवन केसीलाई २–० को सोझो सेटले, सागर गाहाले कृष गाहालाई २–० को सोझो सेटले, प्रकाश क्षेत्रीले रमेश मल्ललाई २–१ ले , सौरभ श्रेष्ठले भुवन ध्वजूलाई २–० ले ,विजय थापाले अनुश शर्मालाई २–० को सोझो सेटले, मुकेश क्षेत्रीले राहुल खड्गलिाई २–० को सोझो सेटले, सारङ रानाले रमेश रेश्मीलाई २–० को सोझो सेटले पराजित गरेका छन् ।
यस्तै डेभिड गौचनले समुद्र अमात्यलाई २–० को सोझो सेटले, विशाल जैसवालले सन्जय शाहीलाई २–० को सोझो सेटले, रेशम रानाले सुजन मगरलाई २–० को सोझो सेटले, शंकर खड्काले प्रेम पुनलाई २–० को सोझो सेटले, सन्देश थापाले मनिष श्रेष्ठलाई २–० को सोझो सेटले र जोसनमान गौचनले आयुश गुरुङलाई २–१ सेटले पराजित गरी तेस्रो चरणमा प्रवेश गरेका छन् । एक सातासम्म चल्ने प्रतियोगितामा आज दोस्रो चरणका खेलहरु सकिएर तेस्रो चरणका दुई खेल भएका खेल संयोजक विजय गुरुङले जानकारी दिए ।
प्रतियोगितामा १२८ जना खेलाडी सहभागी भएका र उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैया नगद पुरस्कार पाउने महासचिव शंकर खड्काले बताए ।
कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए । थापाका अनुसार हाई फ्युचर, रिस्ट्रेटो बारटेण्डिङ स्कुल,तिनाउ कलर हाउस,रोमाज फेसियल हाउस युनिसेक्स सैलुन,टाटु बिज,हिमांशु बुटिक,रेश्मी पोलिथिन उद्योगले सहयोग गरेका छन् ।
यस्तै ज्ञानपुन्ज बोर्डिङ स्कुल,भूपू सैनिक वहुउद्देश्यीय सहकारी, आस्था समूह,विराज भट्टचन,सुदिप घिमिरे,याङसिंह रेश्मी,सजमिर मिया ,लाइफलाइन मेनपावर,करिश्मा क्लिनिक,जमिल खान, सबर मिया,सोभित दर्लामी,चुन्नु पौडेल,ग्राण्ड क्याफे,राजेश कार्की,प्रकाश परियार,सन्दिपकुमार श्रेष्ठ,डिजि लयाब प्रालि,पश्चिमाञ्चल ट्रक समिति,नरिश्वर पौडेल,बुटवल वडा नं १ कार्यालय,बुटवल ५ वडा कार्यालय,बुटवल ६ वडा कार्यालय,पाल्पाली टाइगर ट्रेडिङले आर्थिक सहयोग गरेका कोषाध्यक्ष थापाले जानकारी दिए ।
प्रतियोगिताको मिडिया पार्टनर न्युज बुटवलटुडे डटकम रहेको छ ।