© २०२३
सुनवल, २४ भदौ । शैक्षिक ऐक्यबद्धताको समूह नेपाल जिसन नवलपरासीको आयोजनमा मा.वि. स्तरीय अंग्रेजी स्क्राबल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा जिसन नवलपरासीका २२ सदस्य विद्यालयहरुले सहभागीता जनाएका थिए । प्रतियोगिता उद्घाटन गर्दै जिसन सल्लाहकार एवं प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईले विद्यार्थीहरुलाई खेलको माध्यमबाट अंग्रेजी शब्दहरुको ज्ञान दिलाउन यो प्रतियोगिताले टेवा पुराउने हुँदा यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए ।
उक्त प्रतियोगितामा सुनवल युनाइटेड अंग्रेजी आवासीय मा.वि सुनवल–४, का अंकित बि.क. प्रथम, आदर्श इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूलका, प्रतापपुरका कृति आचार्य द्वितीय, मार्टस मेमोरियल इङ्गलिश बोर्डिङ्ग स्कूलका प्रशंसा पुन तृतीय र माउन्ट एभरेष्ट इङ्गलिश बोडिङ्ग स्कूल बर्दघाट चिसापानिका सचिन कार्कीले सान्त्वना स्थान हासिल गरेका छन् ।
कार्यक्रममा जिसन नवलपरासीका अध्यक्ष डम्मर बहादुर गुरुङ्ग, वरिष्ठ उपाध्यक्ष थमन शेरचन, सचिव यज्ञ प्रसाद न्यौपाने,सल्लाहकार यम बहादुर थापा, जिसन उपाध्यक्ष ढुङ्गाना, जिसन पूर्व सचिव दिपक पौडेल, पत्रकार कुश्मारकर ढकाल, स्क्राबल प्रशिक्षक बिरु के.सील लगायतले मन्तव्य राखेका थिए ।