ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली
राष्ट्रिय जनमोर्चा कपिलवस्तुको पाँचौं जिल्ला सम्मेलन शुरु

राष्ट्रियता,गणतन्त्र र धर्म निरपेक्षताको रक्षासंगै संघियता र एमसिसी खारेजीको माग

२० भाद्र २०८०, बुधबार
२० भाद्र २०८०, बुधबार

कपिलवस्तु, २० भदौ।  राष्ट्रिय जनमोर्चा कपिलवस्तुको पाँचौं जिल्ला सम्मेलन तौलिहवामा शुरु भएको छ । सम्मेलनको उदघाटन गर्दै पार्टीका केन्द्रिय सल्लाहकार तथा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलमले मुलुक गम्भिर अवस्थामा रहेकाले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा संघियता र एमसिसी खारेजीको मागमा पार्टी रहेको स्पष्ट पारे । मुलुक प्रतिक्रियाबादीको हातमा जान नदिन हालको बुर्जुवा गणतन्त्रको संरक्षण गर्नु परेको उनको दाबी छ ।

कम्युनिष्ट एक नभै कान्ति सफल हुन नसक्ने भए पनि बिचार र दृष्टिकोण पनि प्रष्ट हुनु आलमले बताए । सर्वहारा दृष्टिकोण र पुजीबादी दृष्टिकोणको लडाईका कारण ठुला देशमा कम्युनिष्ट आन्दोलन कमजोर बनेको उनले अनुभव सुनाए । त्यसैले अहिले अन्तरराष्ट्रिय जगतमै कम्युनिष्ट रक्षात्मक अवस्थामा रहेको उनको स्पष्टोक्ति थियो । प्रतिगमन रोक्न मत मतान्तर त्यागेर काग्रेस सहितको गठबन्धनलाई सहयोग गर्दै आएको राष्ट्रिय भुमी आयोगका जिल्ला अध्यक्ष शिव पौडेलले बताए । कम्युनिष्ट पार्टी रुपान्तरित हुनु पर्ने र भ्रष्टाचार बिरुद्ध सशक्त कदम चाल्न आवश्यक रहेको माओबादी केन्द्रका जिल्ला संयोजक बिष्णु बेल्बासेको भनाई थियो । परिर्वतनकारी शक्ति एकजुट हुने समय आएको जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए ।

दुई तिहाई बढि जनता कम्युनिष्ट बिचारका भए पनि कम्युनिष्ट शक्तिले सदुपयोग गर्न नसकेको नेकपा एसकी केन्द्रिय प्रतिनिधी गिता अन्जानले बताईन । देशलाई जर्जरतामा जान नदिन एमसिसी खारेज गर्नु पर्ने नेकपाका जिल्ला सदस्य निर्माण सिले बताए । २०२८ सालको शिक्षा नितीले उत्पादित जनशक्ति बजेजगार बनेको अखिल नेपाल शिक्षक संघका सदस्य पिताम्बर खनालले बताए । परिर्वतन र लोकतान्त्रिक आन्दोलनका शक्ति सँग सहकार्य गरि प्रतिगमनलाई परास्त गर्न भुमिका खेलिएको अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष केयर सिंह अदैले बताए । बिद्यार्थी संगठनले हरेक गलत कुराको मात्रै होईन आफनै पार्टीका गलत गतिबिधीको बिरोध गर्न सक्नु पर्ने अखिल छैठौका केन्द्रिय सदस्य रिषव आचार्यको भनाई थियो । अब नौलो जनबादी क्रान्ति र समाजबादको मार्गमा अगाडी बढन आवश्यक रहेको जनमोर्चाका जिल्ला उपाध्यक्ष रामप्रसाद बेल्बासेले बताए ।

पार्टीका जिल्ला अध्यक्ष दधिराम आचार्य, बुद्धिजिवी संघका केन्द्रिय सदस्य शसि सापकोटा लगायतले सम्मेलनबाट आउने नेतृत्वले पार्टीका नितीलाई सशक्त रुपमा अगाडी बढाउने बिश्वास व्यक्त गरे । दुई सय जना प्रतिनिधी रहेको दुई दिने जिल्ला सम्मेलनको बन्द सत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?