ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

राजधानीको जग्गा फुकुवा भदौ मसान्तभित्र हुने प्रदेश गृहमन्त्रीको आश्वासन

लुम्बिनी प्रदेश राजधानी देउखुरी क्षेत्रका राप्ती, सितगंगा र गढवाका केही वडाहरूका जग्गा विगत ३३ महिना देखि रोक्का भएका हुन । प्रदेश सरकार जग्गा फुकुवामा गम्भीर नभएको भन्दै जग्गा फुकुवा संघर्ष समिति गठन गरि विगत लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
१९ भाद्र २०८०, मंगलवार
१९ भाद्र २०८०, मंगलवार

लमही, १९ भदौ । लुम्बिनी प्रदेश सरकार गृहमन्त्रालयका गृहमन्त्री सन्तोष कुमार पाण्डेले भदौ मसान्तभित्र जग्गा फुकुवा हुने बताएका छन् । सोमवार मन्त्रालयको गेटमा गरिएको धर्नाका अगुवाहरूलाई मन्त्री पाण्डेले यस्तो आश्वासन दिएका हुन् । हामी रहरले होइन बाध्यतामा थियौं, जनताप्रति परेको मर्का हामीले बुझेका छौ अव भने ढिलो नगरि फुकुवाको प्रकृयामा लागेका छौं उनले भने ।

लुम्बिनी प्रदेश राजधानी देउखुरी क्षेत्रका राप्ती, सितगंगा र गढवाका केही वडाहरूका जग्गा विगत ३३ महिनादेखि रोक्का भएका हुन । जग्गा रोक्का भएको लामो समय सम्म पनि फुकुवा नभए पछि स्थानीयवासी पीडित बन्दै आएको बताउँछन । प्रदेश सरकार जग्गा फुकुवामा गम्भिर नभएको भन्दै जग्गा फुकुवा सर्घष समिति गठन गरि विगत लामो सयम देखि आन्दोलन गर्दै आएका छन् ।

पहिलो, दोस्रो चरणको आन्दोलन पछि आइतवार देखि तेस्रो चरणको आन्दोलन सुरु भएको छ । जस अन्तर्गत सोमबार जग्गा फुकुवा गर्न माग गर्दै राप्ती उपत्यकावासीले मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उपत्यकाबासीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका हुन । उनीहरूले एक सातादेखि निरन्तर प्रदर्शन गर्दै आएका छन ।जग्गा फुकुवाका लागि पटक पटक माग गर्दा पनि प्रदेश सरकारले वास्ता नगरेपछि सडकमा उत्रिनुपरेको संघर्ष समितिका उपसंयोजक शंकर गौतमले बताउछन । लुम्बिनी सरकारले जेठभित्रै जग्गा फुकुवा गर्ने आश्वासन दिएको थियो । तर, अहिलेसम्म जग्गा फुकुवाको निर्णय नभएपछि आन्दोलन गर्नुपरेको उनले भने । “सरकारले आश्वासन मात्रै दियो, निर्णय गरेन,” उनले भने, “निर्णायक आन्दोलनमा उत्रिएका छौं । तत्काल माग पूरा नभए मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्छौं ।” लुम्बिनी प्रदेशको राजधानी तोकिएसँगै राप्ती उपत्यका क्षेत्रको जग्गा बिक्री–वितरणमा रोक लगाइएको थियो ।

प्रदेश सरकारले दाङको राप्ती गाउँपालिका सहित गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाका वडा नं. ८ र ९ मा जग्गाको कित्ताकाट र किनबेच रोक्का गर्ने निर्णय गरेको थियो । लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलले जग्गा फुकुवाका लागि आवश्यक प्रतिवेदन तयार गरी मन्त्रिपरिषद्मा पठाएको बताए । राजधानी क्षेत्रमा एक कट्ठाभन्दा थोरै जग्गा कित्ताकाट गर्न नपाइने राय सहितको प्रतिवेदन बुझाइएको पोखरेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?