© २०२३
लमही, १८ भदौ । आर्थिक मन्दीका कारण केही समयदेखि सुस्ताएका देउखुरीका ठूला तथा साना वजारहरू चाड पर्व नजिकदै गर्दा पनि चहलपहलमा आउन सकेका छैनन् । लमही, भालुवाङ, सिसहनिया र गढवाका वजारहरूमा चहलपहलमा देखिएको छैन ।
देशमा देखिएको आर्थिक मन्दी विस्तारै उपभोक्ताहरूमा पनि पर्न थालेको छ । मन्दीसंगै काम चलाउदै फजुल खर्च नगर्ने मनस्थितिमा उपभोक्ताहरू देखिन थालेका छन । चाड पर्वमा नयाँ लुगा लगाउनु पर्छ भन्ने मान्यताका साथ प्रायजसो चाड पर्वमा लत्ता कपडा किन्ने प्रचलन चल्दै आएको छ । तर यस वर्ष उपभोक्ताहरू प्रचलनको निरन्त्तता भन्दा पनि काम चलाउ भन्ने सोचमा देखिएका छन् ।
लमही नगरपालिका वडा नम्वर ८ सतवरियाकी माया चौधरी पुरानै लत्ता कपडाले अप्वटारी पर्व मनाउने सोचमा छिन । उनी जस्तै लमहीकी विमला डाँगी पनि पुरानै साडीमा तीज मनाउने सोचमा रहेको बताउँछिन । उनिहरू मात्र होइन अधिकांश महिलाहरू इस वर्षका चाड पर्वसंगै हुने खर्च कटौतिमा देखिएका छन । विगतका वर्षहरूमा जस्तै नत लघुवित्तले लगानी गर्छ नत सहकारीहरू त्यस कारण पनि खर्चमा कटौती गरेका छौ भन्छीन लमहीकी कमला चौधरी ।
यता चाड पर्वसंगै कारोवार मौलाउने आशामा रहेका व्यापारीहरू आर्थिक मन्दीसंगै चाड पर्व नजिकदै गर्दा देखिएको संकेतवाट थप निरासा वनेका छन । थारुजातीको महान चाड अप्वटारी आउन केही दिन वाँकी रहदा देउखुरीका ठूला तथा साना वजारमा चहल पहल निक्कै कम देखिएको छ । नेपाली हिन्दुधर्मालम्बी महिलाको महान चाँड हरितालिका तिज पनि नजिकिदै छ ।
विगतका वर्षहरूमा चाड पर्व आउन साथ आवश्यक सामााग्री लत्ता कपडा खरिदका लागि नेपाल भारत सिमाका भारतिय वजारमा जाने उपभोक्तावाट निरासा व्यापारीहरू यस वर्ष भन्सारमा भएको कडाईसंगै व्यापार हुने आशामा ढुक्क भएको लमहीका व्यापारी जमिर मिया बताउछन ।
उनले भने सिमाका बजारमा जाने उपभोक्ताहरू जान पाएका त छैनन । नेपाल सरकारले भन्सारमा कडाइ गरेको छ । तर पनि स्थानिय बजार पनि सुनसान छन । मानिससंग पैशा छैन उनले भने । उनले भने अवश्था केही समय सम्म रहयो भने व्यापारीहरू पलायन हुने अवश्थामा पुग्छौ । यही एकातिर गाँउ गाँउ टोल टोलमा पसल खुलेका छन । अर्कोतिर आर्थिक मन्दी जसका कारण वजारहरू सुस्ताएको उनले वताए ।