Butwal Today

रवि लामिछाने क्रिकेट हेर्न श्रीलंकातिर, बालेन्द्र पनि जाँदै

१७ भाद्र २०८०, आइतबार
अ+
अ-

 काठमाडौँ, १७ भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंकातिर लागेका छन्।

पत्नी निकिता पौडेल लामिछाने र सहयोगी दीपक बोहोरासहित पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने श्रीलंकातिर लागेका हुन्।

उता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि क्रिकेट हेर्न आफ्ना केही साथीहरुसहित श्रीलंका जाने भएका छन्।

आफ्ना इन्जिनियर साथीहरुसहित क्रिकेट हेर्न उनले टिकट लिइसकेका छन्। बालेन्द्रले शनिबार सिंहदरबार जलाउने भनेर विवादमा परेका छन्।

एसिया कपको समूह ‘ए’ अन्तर्गत सोमबार दिउँसो सवा ३ बजेदेखि नेपाल र भारतबीचको खेल हुँदैछ।

यो खेलमा अगाडि बढ्न नेपालले भारतलाई हराउनै पर्ने बाध्यता छ। उता भारतले नेपालसँग बराबरी खेले पनि समूह चरण पार गर्नेछ।