ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

सूर्यमा अन्तरिक्ष यान पठाउँदै भारत, ३ अर्ब ८० करोड भारु खर्च

१६ भाद्र २०८०, शनिबार
१६ भाद्र २०८०, शनिबार

बुटवल,१६ भदौ । भारतले सूर्यमाथिको अनुसन्धानका लागि अन्तरिक्ष यान पठाउने तयारी गरेको छ । उक्त यानले सूर्यको सबैभन्दा नजिक पुगेर सौर्य आँधी जस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्नेछ ।

सूर्यबारे अध्ययन गर्न यसअघि नासा र युरोपेली अन्तरिक्ष एजेन्सीले यसअघि यान पठाएका थिए तर भारतको यो पछिल्लो अन्तरिक्ष अभियानका केही अर्थमा विशिष्ट गुणहरू पनि रहेको बीबीसीले जनाएको छ ।

आदित्य एल १ नाम दिइएको उक्त अन्तरिक्ष यान शनिबार अर्थात दुई सेप्टेम्बरमा स्थानीय समय अनुसार विहानको ११.५० मा प्रक्षेपण गर्ने कार्यक्रम छ । भारतको चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित देशको अन्तरिक्ष यान प्रक्षेपणस्थबाट उक्त यानलाई अन्तरिक्षमा पठाइनेछ । आदित्यको अर्थ संस्कृतमा सूर्य हो ।

अन्तरिक्षमा पठाइने यान खासमा पृथ्वीको सबैभन्दा नजिकको तारा, सूर्यमा पुग्ने भने होइन । सको गन्तव्य पृथ्वीबाट १५ लाख किलोमिटर टाढा रहेको स्थान हो त्यो भनेको पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा करिब चार गुणाले बढी दूरी हो र त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ १ प्रतिशत मात्रै हो । सूर्य पृथ्वीबाट १५.१ लाख किलोमिटर टाढा छ ।

नासाले अन्तरिक्षमा पठाएको पार्कर नामक यान एक हप्ताअघि मात्रै शुक्र ग्रहको नजिक भएर गएको छ र त्यो अन्ततः सूर्यको सतहबाट ६१ लाख किलोमिटर टाढाको विन्दूसम्म पुग्नेछ ।

आदित्य एल १ लाई आफ्नो गन्तव्यमा पुग्न करिब चार महिना लाग्ने भारतको अन्तरिक्ष अनुसन्धान अर्गनाइजेसन ९इसरो० ले जनाएको छ ।

उक्त यान प्रक्षेपण गरिएदेखि लाग्राञ्ज विन्दू एल १ भनिने अन्तरिक्षको स्थानसम्म पुग्नेछ ।

आदित्य एल १ को नाममा उल्लेख भएको एल १ ले लाग्राञ्ज पोइन्ट भनिने अन्तरिक्षको निश्चित स्थानलाई जनाउँछ जहाँ अन्तरिक्षका सूर्य र पृथ्वी जस्ता दुई विशाल खगोलीय पिण्डहरूबीचको गुरुत्वाकर्षणको शक्ति बराबर अथवा सन्तुलित अवस्थामा रहेको हुन्छ । त्यस्तो सन्तुलित गुरुत्वाकर्ण भएको क्षेत्रलाई अन्तरिक्ष यानले इन्धन खपत घटाउनका लागि प्रयोग गर्न सक्छ ।

त्यस्तो क्षेत्रको नाम फ्रान्सका गणितज्ञ जोसेफ लुई लाग्राञ्जको नामबाट राखिएको हो जसले १८ औँ शताब्दीमा पहिलो पटक त्यसबारे अध्ययन गरेका थिए ।

भारतीय अन्तरिक्ष यानले जम्मा सात वटा भारीहरू पे लोड बोक्नेछ त्यसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ । र त्यसका लागि इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिडेक्टर जस्ता उपकरणको प्रयोग गरिनेछ ।

यसले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्ने बारे पनि अध्ययन गर्नेछ । सौर्य आँधीको प्रकृयाका बारे पनि थप धेरै बुझ्ने प्रयास गर्नेछ, जो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नोर्दर्न र सदर्न लाइट्स भनिने रङ्विरङ्गी उज्याला प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका निम्ति समेत जिम्मेवार हुन्छन् ।

एक पटक यसको कक्षमा स्थापित भैसकेपछि यो अन्तरिक्ष वेधशालाले ‘सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ ।

यसले वायुमण्डलबाट छानिएर आउने हुनाले पृथ्वीबाट अध्ययन गर्न नसकिने रेडिएशन अर्थात् विकिरणको अध्ययन गर्न पनि सघाउने छ ।

यसको विशेष अन्तरिक्ष अवस्थितिका कारण यो यानमा रहने चारवट पे लोड हरूले सूर्यलाई सिधा अवलोकन गर्नेछन् । बाँकी तीन वटा पेलोड्सले चाहिँ लाग्राञ्ज विन्दू एल १ मा रहेका कणहरू र प्रभाव क्षेत्रहरूको अध्ययन यानमा नै रहेर अध्ययन गर्नेछन्। त्यसबाट विभिन्न ग्रहहरूबीचका अन्तरिक्षमा रहेका स्थानहरूमा सौर्य गतिविधिका प्रभावहरूबारे महत्त्वपूर्ण जानकारीहरू प्राप्त हुनेछन् ।

इसरोले यो मिसनले कोरोनल हिटिङ, कोरोनल मास इजेक्शन, सोलार फ्लेअर्स जस्ता सौर्य गतिविधि र तिनका गुणहरूका साथै अन्तरिक्षको मौसमका प्रकृयाहरूबारे महत्त्वपूर्ण जरूरी जानकारीहरू प्रदान गर्ने आशा व्यक्त गरेको छ।

आदित्य एल १ मिसनका लागि भारतीय सरकारले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो । यसको लागत करिब ४ करोड ६० लाख डलर लागेको जनाइएको छ ।

यसअघि भारतले एक हप्ताअघि चन्द्रमामा अन्रिक्ष यान पठाएको थियो । चन्द्रमामा अवतरण भएको चन्द्रयान–३ को सम्पूर्ण खर्च ७०० करोड भारतीय रुपैयाँ रहेको जनाइएको थियो ।

सूर्यमाथिको अनुसन्धानका लागि भने ४ करोड ६० लाख डलर अर्थात ३ सय ८० करोड भारु लाग्नेछ ।
बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?