© २०२३
बुटवल, १५ भदौ । नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सुधारका संकेत देखिएको बताएका छन । बुटवल जेसिजको स्वर्ण जयन्ती समारोहको बुटवलमा उद्घाटन गर्दै उनले उद्योगी व्यवसायी निरास हुनुपर्ने अवस्था नभएको बताए ।जेसिजको मुल मान्यता र क्रियाकलाप अत्यान्तै महत्वपूर्ण भएको भन्दै उनले जेसिजको भुमिका लोकतन्त्र र शान्ति स्थापना, व्यवसाय र अन्तर्राष्ट्रिय पहुँचमा विशेष भुमिका खेलेको बताए ।
उनले अर्थतन्त्र अफटयारोमा भए पनि तर निरास हुने अवस्था नभएको बताए । उनले भने–‘आत्मविश्वास बढेको छ, व्यवसायीहरु लगानी गर्नुहोस् ।’ उनले जेसिजमा लागेका व्यक्तिहरु व्यवसायमा समेत जोडिएको अब उद्यमीमा विशेष जोड दिनुपर्ने बताए ।
अर्थतन्त्रको संकेतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुको बिकल्प नभएको भन्दै उनले अर्थतन्त्र श्रीलंकाकरण हुने भने हल्ला भएको बताए । उनले अहिले अर्थतन्त्र सुधारका संकेत देखिनु आफैमा सकारात्मक भएको दाबी गरे । अर्थतन्त्रमा देखिएको निरासाको संकेत अस्थायी भएको भन्दै उनले यो धेरै समय नरहने बताए । अहिले पुजीको परिचालन भैरहेको भन्दै मौद्रिक नीतिमा कडाई गर्दा ब्याज दर बढेको भन्दै यो दिगो नभएको बताए ।
ब्याजदरमा कडाई गर्न आवश्यक नभएको भन्दै उनले अब लगानीको वातावरण चाहिने बताए । यो बिषयमा अस्थायी अफटयाराहरु हट्ने र सकारात्मक वातावरणको सृजना हुने दाबी गरे । अर्थमन्त्री महतले अब होटल तथा पर्यटनमा चहलपहल बढ्दै जानेसमेत बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा प्रमुख रामकृष्ण खाण लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा बुटवल जेसिजका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको बुटवल जेसिजका उपाध्यक्ष अर्जुन ज्ञवालीले जानकारी दिए ।