© २०२३
बुटवल, १३ भदौ । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जीप पुर्दा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा एकजना प्रहरी सहायक हवल्दारको पनि मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेनका ३२ वर्षीय यमबहादुर बोहोरा, गुल्मीको रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीय मनकला चुँदारा र कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सेना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।
दुर्घटनामा चालक बालकृष्ण श्रेष्ठ, अन्दाजी ३६ वर्षीया सुष्मा राना घर्ती, अन्दाजी ६ वर्षीया सुरबी घर्ती, ५ महिनाकी शिवा घर्ती, २७ वर्षीया स्कृति थापा, ५ वर्षीया सुष्मा थापा, शोभा घर्तीमगर र टेकबहादुर घर्तीमगर घाईते रहेका प्रहरीले जानकारी दिएको छ । उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ ।
गुल्मीको तम्घासबाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी पाल्पा–तम्घास सडकखण्डको जोर्तेमा सडकमाथिबाट खसेको सुख्खा पहिरोले पुरेको थियो ।