© २०२३
बुटवल, १३ भदौ । आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा अन्तिम समयमा स्थगित भएको छ । आजको कार्यक्रममा विप्लव नआउने भएपछि कार्यक्रम स्थगित गरिएको हो । आजबाट सरकारले एमसिसी परियोजना लागू गर्ने तयारी गरेको छ । तर विप्लव नेतृत्वको माओवादीले एमससिीविरुद्ध आन्दोलन सुरु गर्दै छ ।
सुदूरपश्चिम प्रदेशको आजको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरी आउने तयारी गरिरहेका थिए ।
अन्तिम समयमा कार्यक्रम स्थगित भएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए ।
हिजो उक्त कार्यक्रम लुम्बिनी प्रदेशमा आयोजना गरिएको थियो । मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने तयारी गरेको हो ।
गित हुन्छ त्यो विषयमा अझै टुङ्गो लागिसकेको छैन।