© २०२३
बुटवल, १३ भदौ । स्याङजामा अरिंगालले टोकेर घाइते एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ अरिंगालले टोकेर घाइते भएका स्याङ्जाको विरुवा गाउँपालिका १ का २८ वर्षका चेलिस श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।
घर नजिकैको जंगलमा अरिंगाल पोल्ने क्रममा उनी घाइते भएका थिए ।
उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । पाँच जना अरिंगाल पोल्न गएकामा अरुलाई भने केही नभएको प्रहरीले जनाएको छ ।