© २०२३
काठमाडौं,१२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै भ्रष्टाचारमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा कारबाही गर्ने बताएका छन् ।
संसदमा मंगलबार भएको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले आफ्नो या पराय भनेर विभेद नगरेको भन्दै अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि भने छोड्न आवश्यक नभएको बताए ।
सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेको बताउंदै उनले त्यही कारण राजनीतिक प्रणालीप्रति जनतामा छाएको वितिष्णालाई चिर्न सफल भएको उनको दाबी छ ।
दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् भनेर आफूले भनेको प्रधानमन्त्रीले दावी गरे ।