ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

गन्तव्य मुलुकले कामदारको न्युनतम मानवअधिकार प्रत्याभुति गर्नुपर्छ : आप्रवासी श्रम अधिकारकर्मी

८ भाद्र २०८०, शुक्रबार
८ भाद्र २०८०, शुक्रबार

बुटवलटुडे सम्बाददाता, ८ भदौ।  संयुक्त अरब इमिरेट्समा भिजिट भिसालाई श्रममा परिणत गर्ने आप्रवासी कामदारहरु बढी समस्यामा पर्ने गरेको देखिएको छ । भिसाको प्रकृति परिवर्तन गर्दा दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट संयुक्त अरब इमिरेट्स पुगेका अधिकांश अदक्ष कामदारहरुमा श्रम सम्बन्धी कागजातको समस्या पर्ने गरेको हो ।

महिला बेचबिखन बिरुद्धको विश्वव्यापी सञ्जाल (ग्लोवल एलायन्स अगेन्स्ट ट्राफिक इन वुमन) ले युएईममा कार्यरत नेपाल, भारत, बंगलादेश र श्रीलंकाका आप्रवासी कामदारको अवस्थाबारे गरेको अध्ययनमा यस्तो पाइएको छ । आप्रवासी कामदारको अधिकारको क्षेत्रमा कार्यरत ४ वटै देशका विभिन्न संघ संस्थाका प्रतिनिधिले ४ दिनसम्म गरेको अध्ययनको क्रममा विशेष गरेर भिसा ट्रान्सफर गर्ने कामदारमा वैधानिक कागजातको समस्यासँगै न्युनतम मानवअधिकार प्रत्याभुतिमा समस्या देखिएको निकर्ष निकालेको छ । त्यसैगरी प्रमुख कामदार पठाउने देशहरूमा अनैतिक भर्ती अभ्यासका कारण मानव बेचबिखनका घटनामा वृद्धि भएको तथा विश्वव्यापी आर्थिक संकटले आप्रवासी कामदारको अत्याधिक शोषण हुने जोखिम बढाएको पनि अध्ययन टोलीको निस्कर्ष छ ।

अध्ययनको क्रममा गन्तव्य मुलुक र कुटनीतिक नियोगबाट कानूनी उपचार खोज्ने संस्कारमा पनि वृद्धि हुन नसकेको पाइएको छ । सञ्जालकी अन्तर्राष्ट्रिय प्रतिनिधि वन्दना पटनायकले गन्तव्य मुलुकमा विभिन्न सरोकारवालासहित आप्रवासी श्रमिकसँग भेट गरी यथार्थ जानकारी लिने अवसर पाउनु ठूलो उपलब्धी भएको भन्दै प्राप्त सिकाईका आधारमा सुरक्षित आप्रवासनको अभियान अघि बढाउने बताए । गन्तव्य मुलुकमा आएर विभिन्न सरोकारवालासहित आप्रवासी श्रमीकसँग भेट्न पाउनु र यहाँको यथार्थताबारे जानकारी लिने अवसर पाउनु भनेको वास्तवमै ठूलो अवसर भएको उनले बताए ।

भारतस्थित सेवा संस्थाका प्रतिनिधि सोनिया जर्जले अवैध रुपमा युएई प्रवेश गरेर श्रममा लागेका भरतीय आप्रवासी श्रमीकमा निकै समस्या देखिएको बताए । विशेष गरेर भिजिट भिसामा गएर श्रममा परिवर्तन गरी काम गर्नेहरुमा बढी समस्या देखिएको र त्यस्ता समस्याहरु अनौपचारिक क्षेत्रमा काम गर्नेहरुमा रहेको उनले उल्लेख गरिन ।

बंगलादेशस्थित ओकुपका अध्यक्ष सकिरुल इस्लामले कामदार भर्ना गर्ने एजेन्सीबाट भएको बद्मासीका कारण आप्रवासी कामदारले समस्या भोग्नुपरेको बताए । बंगलादेश, श्रीलंका, भारत र नेपालका समस्या लगभग एकै किसिमका रहेको उनले दाबी गरे । अदक्ष र सामान्य शिक्षा मात्रै भएका कामदारलाई भिजिट भिषामा ल्याएर तल्लो तहको काममा लगाउने गरेको अध्ययनमा देखिएको उनले बताए ।

श्रीलंकास्थित सिडिएसका कार्यकारी निर्देशक एन्ड्रयु स्यामुलले अवैध तरिकाले कामका लागि युएई पुगेका कामदारहरुले सामान्य मानवअधिकार प्राप्त गर्न पनि नसकेको देखिएकाले उत्पत्ति मुलुकका सरकारहरुले पनि यस क्षेत्रमा गम्भीर ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको सुझाव दिए । आफ्नो मुलुकका सरकारलाई यस क्षेत्रमा अझै थुप्रै काम गर्नुपर्ने उनले बताए ।

नेपालस्थित ओरेककी अध्यक्ष डाक्टर रेणु राजभण्डारी अधिकारीले कुनै पनि मुलुकका सरकारहरुले आप्रवासनका लागि रोक लगाउन भन्दा वैदेशिक रोजगारीमा पठाउने कामदारलाई सीपयुक्त र दक्ष बनाउनुपर्नेमा जोड दिईन । सरकारले गन्तव्य मुलुकका कानूनबारे आफ्नो देशबाट पठाउने कामदारलाई जानकारी दिनु अहिलेको आवश्यकता भएको उनले बताईन ।

मानव बेचबिखन बिरुद्धको विश्वव्यापी सञ्जाल र अन्तर्राष्ट्रिय मापदण्ड तथा मानव बेचबिखन बिरुद्ध लड्नको लागि प्रभावकारी उपायबारे साझा धारणा तय गर्न दुबईस्थित मिडल इस्ट सेन्टर फर ट्रेनिङ एण्ड डेभलपमेण्टको संयोजकत्वमा ग्लोवल एलायन्स अगेन्स्ट ट्राफिक इन वुमनले दुबईमा चार दिने विशेष कार्यक्रम गरेको हो । अन्तर्राष्ट्रिय एजेण्डामा प्रमुख मुद्दा बनेको आप्रवासन र मानव बेचबिखन बिरुद्धको लडाईंमा साझा धारणा बनाउन अध्ययन भ्रमण सफल भएको निस्कर्षसहित सञ्जालले दक्षिण एशियाका श्रम उत्पत्ति मुलुकमा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

भिडियो सामग्री

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?