ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

काम नगर्ने व्यवसायीलाई कारबाही

८ भाद्र २०८०, शुक्रबार
८ भाद्र २०८०, शुक्रबार

सैनामैना, ८ भदौ । समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्नु त परको कुरा उल्टै जनप्रतिनिधि र कर्मचारीले नै निर्माण व्यवसायीसंग कमिसन लिएर समयमै सम्पन्न हुने कामपनि पर धकेल्ने र योजनाको लागत बढाउने गरेको गुनासो धेरै नै सुन्नमा आउने गरेको छ । तर कञ्चन गाउँपालिकाले भने यसमा अपबाद बन्दै कारवाहीमात्र होइन जरिवाना नै गरेर नयाँ उदाहरण प्रस्तुत गरेको छ ।
रूपन्देहीको कञ्चन गाउँपालिकाले विकास निर्माणको काममा ढिलासुस्ती गर्ने, समय लम्ब्याउने र निर्धारित मितिमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही गरेको छ । कञ्चनको पछिल्लो सकृयताले कञ्चन गाउँपालिका आर्थिक अनुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको बाटोमा अघि बढेको देखिएको छ ।

कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरूको सामूहिक प्रयासले सम्मृद्ध कञ्चनको सपना पूरा हुने देखिएको छ । पालिकाले विकासको काममा हुने ढिलासुस्तीलाई स्वीकार नगर्ने पालिकाको पछिल्लो कारवाहीले स्पष्ट गरेको छ । पालिकामा गत आर्थिक बर्षमा करिव ५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ भने अक्सफाल्ट प्रबिद्धिको प्रयो गरि बाटो पिच गरेको छ भने १२ किलोमिटर सडक ग्राभेल भएको छ । पालिकाले काम ढिलो गर्ने निर्माण व्यवसायीलाई ३ लाख ३५ हजार जरिवाना गरेको छ पालिकाका ईन्जिनियर सुवोध ज्ञवालीले बताए ।
पालिकाले आर्थिक अनुशासन, खर्चमा मितब्ययीता, भ्रष्टाचारविरुद्ध सून्य सहनशीलताको नीति अविम्वन गरेर अघि बढेकोमा निर्माण व्यवसायीले पनि पालिकाको कामलाई सकारात्मक लिएका छन् ।

पालिकाले निर्धारित मितिमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई जरिवाना गरेर चेतावनी दिएको भन्दै पालिकाको यस्तो अग्रसरताबाट निर्माण व्यवसायीमा सुधार हुनुपर्ने खाँचो रहेको निमार्ण ब्यवसायी आशिष ज्ञवालीले बताए । आफूले गर्ने काममा प्राबिधिक कारणले ४ दिन ढिला भएको स्विकार गदै ब्यवसायी ज्ञवालीले कञ्चनले गरेका कार्यको मुक्तकण्ठले प्रशंषा गरेका छन् । ढिलो काम गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्दा निर्धारित मितिभन्दा अगावै गुणस्तरीय काम गर्ने व्यवसायीलाई प्रोत्साहन पनि दिनुपर्ने ज्ञवालीको भनाई रहेको छ ।
पछिल्ला दिनमा कञ्चन गाउँपालिकामा पूर्वाधार विकास र निर्माणका कामहरू भइरहेको छ । गाउँपालिकाको सबै वार्डहरूमा

जनप्रतिनिधिहरूको सक्रियता बेस्करी देख्न सकिन्छ । त्यसमाथि पालिकाले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न दवाव नै दिने गरेको छ भने पालिकाको पछिल्लो निर्णयले ठेक्काको काम गर्नेहरूलाई समेत काम छिटो गर्न दवाव बढेको छ । त्यसैगरी सेवाग्राहीलाई पटकपटक गाउँपालिकासम्म आउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले एकलाख वा सो भन्दा कम रकम विनियोजन भएका योजना तथा कार्यक्रमहरूको हकमा गाउँपालिकाबाट अधिकार प्रत्यायोजन गरेर वडा कार्यालयबाटै योजना सम्झौता गर्ने व्यवस्था मिलाइएको छ ।

कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतम निर्धारित मितिभन्दा दुई दिन ढिलो गर्ने निर्माण व्यवसायीलाई समेत कारवाही गरिएको बताउँदै औचित्य पुष्टी नहुने कामको म्याद थप नगर्ने पालिकाकोे नीति रहेको बताए । उनले निर्धारित मितिमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही मात्र होइन छिटो काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन पनि दिने बताए ।

अहिले गाउँपालिकाको कार्यकक्षमा सेवाग्राही सहायता कक्षको स्थापना गरी सेवाग्राहीलाई सहज तरिकाले सेवा प्राप्त हुने वातावरण पालिकाले मिलाएको छ । कञ्चन गाउँपालिकालाई सुशासनमैत्री पालिकाको रूपमा विकास गर्न पालिकाको प्रशासन संयन्त्रले सकृयतापूर्वक काम गर्दै आएको छ । त्यसक्रममा सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई, सेवाग्राही सन्तुष्टी सर्वेक्षण र विद्युतीय नागरीक वडापत्रको माध्यमबाट सेवालाई विद्युतीय सुशासनतर्फ लगिएको पालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?