© २०२३
काठमाडौँ, ६ भदौ ।
नेपाल राष्ट्र बैंकले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज डलरको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८० पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०१ पैसा र बिक्री दर १६९ रुपैयाँ ७७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।