ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
भिम अस्पताल भैरहवा

सुबिधा थपिँदा, बिरामी पनि थपिँदै

दैनिक ५०–१०० जना विरामी आउने अस्पतालमा अहिले दैनिक ८ सय जना विरामी आउने गरेका छन् । सुविधा थपिदै जाँदा विरामीहरूको विश्वास समेत अस्पताल प्रति बढ्दै गएको छ ।
६ भाद्र २०८०, बुधबार
६ भाद्र २०८०, बुधबार

भैरहवा, ६ भदौ ।  बिभिन्न सेवा सुबिधा थपिँदै गर्दा पछिल्लो समयमा बिरामीहरूको सरकारी अस्पताल विशेष रोजाई बन्न थालेको छ । बिशेषज्ञ सेवा र न्यून सेवा शुल्कका कारण पछिल्लो समयमा भैरहवाको भीम अस्पतालमा बिरामीको चाप बढेको हो । भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पतालमा सेवालाई आधुनिक र गुणस्तरीय बनाउँदै लैजाँदा बिरामीहरूको चाप बढ्दै गएको बताए । पहिले दैनिक सय जनाको हाराहारीमा बिरामीहरू आउँथे अहिले ८ सय सम्म पुगेका छन् भण्डारी भन्छन् । भीम अस्पतालमा रूपन्देहीका दक्षिणी ८ वटा पालिका र कपिलवस्तु र नवलपरासीबाट समेत सेवाग्राहीले सेवा लिएका छन् ।

अस्पतालमा १ सय ४० जनाको जनशक्ति, १० जना विशेषज्ञ डाक्टर, १० जना एमबिबिएस डाक्टर, १ जना रेडियोलोजिष्ट डाक्टर भएका कारण बिरामीले धेरै नै सेवा पाएको अध्यक्ष भण्डारी बताउँछन् । भीम अस्पतालमा इतिहासमै पहिलोपटक धेरै डाक्टरहरूले काम गरेको र सेवा सुबिधा पनि गुणस्तरिय भएको भण्डारीको तर्क छ । १९९० सालमा स्थापना भएको अस्पताल २५ बेडमा अड्कीएर बसेको थियो । म अध्यक्ष भएपछि कोरोनाको समयमा १ सय २० को सेवा दिएका थियौँ । भण्डारीले भने, हामी विकास समितिले ७० बेडको मिलाएको छ । हामीले स्रोत र साधनबाट चलाएका छौँ । वेटिङ कक्ष थिएन, आधुनिक प्रतिक्षालय बनायौँ । टोकन सिस्टमलाई ब्यवस्थापन गरेका छौँ । २÷२ वटा भिडियो एक्सरे मेशिन छन् । बिशेषज्ञ र गुणस्तरिय सेवा दिन यहाँ भएको रिफर गर्न नपरोस, पैसा तिर्न नसक्नेलाई वडा अध्यक्षको सिफारिस भएमा सामाजिक इकाइ मार्फत सबै निशुल्क दिने ब्यवस्था मिलाएका छौँ ।

अहिले भीम अस्पतालसँग १ सय ४० जनाको जनशक्तिको टिम समेत रहेको भिम अस्पताल विकास समितिका अध्यक्ष नारायण भण्डारीले बताए । १० जना बिशेषज्ञ डाक्टर, १० जना एमबिबिएस डाक्टर,रेडियोलोजीस्ट, एनोटिक ऐतिहासिकरूपमै पहिलो पटक सेवा रहेको भण्डारीले बताउँदै डाक्टरहरूले राम्रो काम गरेको र गुणस्तरिय सेवा दिएको बताए ।

भीम अस्पतालमा आएका बिरामीहरूले छिटो छरितो सेवा पाउँदा र सरसफाइमा समेत अस्पतालले विशेष ध्यान दिँदै बिरामीहरूको सङ्ख्यामा बृद्धि भएको सरोकारवालाहरू बताउँछन् । सिद्धार्थ सञ्जाल रूपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले पहिलेको तुलनामा भीम अस्पतालमा धेरै सुधार भएको बताउँछन् । ब्लड बैँक, अक्सीजन प्लान्टपनि भएको बताउँदै ज्ञवालीले अक्सीजन प्लान्ट सुबिधा सम्पन्न रहेको बताए ।

उद्योग ब्यापार संगठन रूपन्देहीका अध्यक्ष समेत रहेका ज्ञवालीले अझैपनि नर्स, प्राबिधिकहरूले २४ घण्टा स्वास्थ्य सेवा र औषधि सेवा दिनुपर्ने बताउँछन् । बीमाका कारण भडि भएपनि बीमाले दिने निशुल्क औषधीलाई पनि ब्यवस्था गनुपर्छ ज्ञवालीले भने । भीम अस्पताल भैरहवा बासीको आषाको केन्द्र भएको ज्ञवालीले बताए । प्राबिधिकहरू, सरसफाई र बोली चालीमा शिष्टता आउनुपर्छ । अब पहिले भन्दा राम्रो छ धेरै अझै सुधार होस् भन्ने नगरको अपेक्षा रहेको छ ज्ञवालीले भने ।

सरकारबाट सहयोग भएनः

भीम अस्पतालको विकासमा प्रदेश सरकारले अन्य जिल्ला अस्पताललाई सहयोग गर्दा आर्थिक वर्ष ०८०÷८१ को बजेटमा भीम अस्पताललाई बजेट नछुट्याएको भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । उपकरण, भौतिक निर्माण, जनशक्ति थपका लागि आवश्यक भएको तर प्रदेश सरकारबाट सहयोग नभएको भण्डारीले बताए । भीम अस्पताललाई १ सय बेडको अस्पतालकोरूपमा विकास गर्न प्रदेश सरकारलाई माग गर्दासमेत अन्यत्रको माग पुरा भएको भीम अस्पतालमा नभएको भण्डारीको गुनासो छ ।
राप्ती अस्पताललाई २ सय बेडकोरूपमा बृद्धि गर्ने, कपिलवस्तुमा ५० बेडको थियो १ सय बेड बनाउने तर हामी ५० बेडमा थियौँ सय बेड माग गर्दा सरकारले नदिएको भण्डारीले गुनासो पोखे । “राप्ती अस्पताललाई औजार किन्न ६ करोड बजेट, प्रादेशीक अस्पताल बुटवललाई २१ करोड ९० लाख बजेट प्रदेश सरकारले दिएको छ तर भैरहवामा रहेको भीम अस्पताललाई बजेट दिएन हामी आफै अस्पतालको विकास समितिबाट आवश्यक काम गर्दै छौँ आम्दानीबाट श्रोत खोजी गर्दै छौँ तर प्रदेश सरकारले भीम अस्पताललाई अन्याय ग¥यो” भण्डारीले भने । ५० बेड क्षमता भएको अस्पताललाई १ सय बेडको जनशक्ति सहित पाएको भए भिड नियन्त्रण गर्न सक्थ्यौँ । भण्डारीले भने, दाङले २ सय बेड पायो, कपिलवस्तुले १ सय बेड पाउँदा, बुटवलले ६ सय बेड पायो यहाँ भैरहवाको भीम अस्पताललाई क्षेत्रियता लादिएको छ । अन्याय पूर्ण बितरण भएको छ ।

विकास समितिले ४० जना कर्मचारी राख्ने भनेको यो एउटा ऐतिहासिक हो । हामीले स्वीपर, कार्यालय सहयोगि, स्वीपर राखेका छौँ । हामी आम्दानी बढाउन ल्याबलाई ब्यवस्थित बनाउँदै छौँ । एक्सरे, सिटी स्क्यान र फामेर्सी ब्यवस्थापन गरेर सानोतिनो मर्मत, उपकरण खरिद विकास समितिले गर्ने गरेको छ । मास्टर प्लानको, फोहर ब्यवस्थापनलाई बजेट नआउँदा कर्मचारीको मात्रै तलब पठाएको हुँदा गुणस्तरिय सेवा दिने कुरामा समस्या पैदा भएको विकास समितिका अध्यक्ष नारायण भण्डारी बताउँछन् । बजेट नआएपछि धेरै बाँकी रहेका काम गर्न सकिने कुरा भएन । स्थानीय सरकारले हामीलाई पैसा दिएको छैन । भण्डारीले भने, बुटवल उपमहानगरले प्रादेशीक अस्पताललाई ५० लाख, आम्दालाई ५० लाख बजेट दिएको छ । तानसेन नगरपालिकाले जिल्ला अस्पतललाई २५।३० लाख बजेट दिएको छ अन्य स्थानीय पालिकाले दिएका छन् तर सिद्धार्थनगरले भीम अस्पताललाई बजेट दिएको छैन ।

भीम अस्पतालको बहुवर्षिय गुरुयोजना पास भएको तर प्रति वर्ष बजेट पर्नु पर्ने यो वर्ष बजेट नदिएर भीम अस्पताललाई अन्याय गरेको भण्डारी बताउँछन् । गत वर्ष १४ करोड बजेट पर्यो । २३ करोड बहुवर्षियको बजेट थियो त्यो बजेट यो वर्ष प्रदेश सरकारले रोकिदिएको छ । भण्डारी भन्छन्, नयाँ भवन सञ्चालनका लागि लिफ्ट, बेड, फर्निसिङ, इलेक्ट्रोनिक्सका लागि हामी १ करोड २५ लाख माग गरेका थियौँ पाएनौँ अब हामी कसरी चलाउने ? हाम्रो फोहर नगरपालिकाले लैजान्न । एक दिन जलाएको १३ नं वडाकाले बिरोध गरे । नगरपालिकाले उठाएर लैजान्न फोहर ब्यवस्थापन गर्ने प्रशोधन गरेर खरानी बनाएर फालिदिन्छ त्यो मागेका थियौँ १ करोड ७५ लाख बराबर बजेट नै दिएन ।

भीम अस्पतालले प्रत्येक वर्ष नयाँ नयाँ काम गरेको नारायण भण्डारीले बताए । तर विकास समितिले नयाँ नयाँ काम गर्दा प्रदेश सरकारले अन्याय गरेको भण्डारीको गुनासो रहेको छ । हामीले एमआरआई मेशीन मागेका थियौँ सरकारले दिएन । ८।१० करोड पैसा पर्छ त्यो पनि दिएन । ५० बेडको क्षमताले भिड धान्न सकेको छैन । भण्डारीले भने, विकास समितिले ४० जना कर्मचारी राख्दा समेत अस्पतालले बिरामीको चाप धान्न सकेन । ५० बेडको अस्पतालले १ सय बेडको जनशक्ति सहित पाएको भए भिड कम हुन्थ्यो ।

होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य चन्द्र प्रकाश श्रेष्ठ(सिपि)ले वर्तमान समयमा सरकारी अस्पतालमा जनताको विश्वाँस बढेर भीड बढ्दै जाने तर सरकारले नै सरकारी अस्पताललाई बजेट नदिनु अन्याय भएको बताउँछन् । सरकारले जनतासंग जताततैबाट कर असुल्ने तर सरकारी अस्पताललाई स्तरउन्नती गर्नुको सट्टा झनै असहयोग गर्नु गलत कदम भएको तर्क गर्दै सरकारले कर लिने तर नागरिकलाई सेवा नदिने जस्ता कार्य गर्न नहुने बताए । यसरी जनताले प्रत्यक्ष सेवा पाउने अस्पतालमा बजेट रोक्नु राम्रो होइन सरकारको ध्यानाकर्षण होस् श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?