© २०२३
काठमाण्डौ, ४ भदौ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बिपी कोईरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा स्व. गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन ।
समाजवादी चिन्तकको रुपमा बिपी कोईरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने उनले दाबी गरे । सभापति देउवाले स्व. गिरीका बाँकी कृति र लेखहरु भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताए । स्व. गिरीका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने बताए ।
‘समाजवादी चिन्तकको रुपमा बिपी कोईरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ । उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ ।’ सभापति देउवाले स्व.प्रदीप गिरीप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताए ।
भिडियो सामग्री