© २०२३
बुटवल,३ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लामो समयदेखिको प्रेमिका लिना प्रधानसँग विवाह गरेका छन् ।
विमलले आइतबार एक मन्दिरमा परिवारजनको उपस्थितिमा लगनगाँठो कसेका हुन् । लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो ।
विमलले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गरेका थिए ।
विमलले सन् २०१२ मा बंगलादेशविरुद्ध खेल्दै डेब्यु गरेका थिए । उनी त्यसयता राष्ट्रिय टोलीमा नियमित रहँदै आएका छन् ।