© २०२३
सिद्धार्थनगर, २९ साउन। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उपसभामुख महिला नेतृ पुष्पा भुषालले १० दिने ‘आन्तरिक विशेष अभियान’ पार्टीभित्र रहेको मतभिन्नता, असहमति, द्धन्द्ध र संगठन भित्र रहेको कमजोरीहरुलाई निराकरण गर्दै रुपमा अघि सारिएको बताईन । यो अभियान तल्लो तहसम्म पार्टीलाई बलियो बनाउँदै २०८४ सालको निर्वाचनमा सकारात्मक परिणाम ल्याउन मद्यत मिल्ने उनले दाबी गरे ।
नेपाली कांग्रेस क्षेत्र नं. ३, रुपन्देहीको आयोजनामा सिद्धार्थनगरमा भएको ‘आन्तरिक विशेष अभियान’ कार्यक्रममा बोल्दै उनले यस पटक बैठकलाई प्रत्यक्ष प्रशारण तथा सदस्यता वितरण प्रकृयालाई सहज पहुँचका लागि समेत अनलाइन प्रविधिमा लगिएको भन्दै दाबी गरिन । ‘अब समय सुहाउँदो पार्टीलाई डिजिटलाइजेसन प्रक्रियामा अघि बढाउदै छौ ।’—उनले भनिन । कांग्रेस भनेको लोकतन्त्रको पर्यायवाची हो, वर्तमान समयमा नयाँ–नयाँ पार्टीहरु जन्मिने क्रममा रहे पनि सिद्धान्त र निति विनाको पार्टीहरुको भविष्य नरहेको र नेपाली कांग्रेस भनेको सिद्धान्त, निति र इतिहास बोकेको, विभिन्न आन्दोलनहरुको नेतृत्व गरेको पार्टी भएकोले यसका कार्यकर्ताहरु विचलित हुन जरुरी नरहेको बताईन । यो देशको निर्वाचन प्रणाली मिश्रित निर्वाचन प्रणाली भएकोले पनि अब महिलाहरु प्रत्येक तहमा नेतृत्व लिन तयार र सक्षम बन्नुपर्ने बताईन ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति श्री सुशील गुरुङले काग्रेस लोकतान्त्रिक अभ्यासको बाटोमा चल्ने भन्दै ब्यक्तिगत आचरणलाई सुधार्ने गरि विभिन्न कार्यक्रममा नेतृत्वबाट जोड दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, प्रदेश प्रतिनिधि त्रिलोक्य प्रताप सेन, पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रदेश प्रतिनिधि भिम बहादुर थापा भरत, जिल्ला प्रतिनिधि तथा जिल्ला सचिव हरि प्रसाद काफ्ले, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, संविधानसभा सदस्य जैनुतिन निशा धुनिया, सिद्धार्थनगर पालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँ, लुम्बिनी प्रदेशसभाका पुर्व सदस्य तथा नेपाल महिला संघका केन्द्रिय सदस्य रमा अर्याल, नेपाली कांग्रेस प्रदेश ३ ख का सभापति घनश्याम चालिसे, नेपाली कांग्रेस शुद्धोधन गाउँपालिकाका सभापति दामोदर पौडेल, नेपाली कांग्रेस सिद्धार्थनगर पालिका वडा नं. ११ का सभापति केदार प्रसाद कुर्मी नेपाली कांग्रेस प्रदेश ३ क का सभापति सुरेन्द्र जंग थापा, क्षेत्रीय सचिव लेखनाथ भट्टराईले पार्टीलाई कसरी बलियो बनाउने र आगामी कार्यदिशाका बारेमा आफ्ना भनाई राखेका थिए ।