लेखकःनेपाल ज्योतिष परिषद्,लुम्बिनी प्रदेशका उप–महासचिव हुन्।
आज मिति २०८० साल श्रावण २७ गते शनिबार। तदनुसार सन् २०२३ अगष्ट १२ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। अधिक श्रावण कृष्णपक्ष एकादशी बिहान ६.३३ सम्म तत्पश्चात द्वादशी तिथि । आर्द्रा नक्षत्र। हर्षण योग। बालब करण। मिथुन राशीमा चन्द्रमा।
सूर्योदयः प्रातः ५.३३ /सूर्यास्तः १८.४३ बजे।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनु नै उचित हुनेछ । लेखन तथा साहित्यमा सुरु गरिएका कामहरु थाति रहनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिद्यार्थि वर्गहरुलाई सफलता प्राप्त नहुन सक्छ । माया प्रेम तथा पति पत्निबिच एक अर्काको भावना बुझ्न नसक्दा केहि समय अलग हुँने पर्ने बाध्यता आउँनेछ । बिगतमा खानपानमा ध्यान नदिदा त्यसको प्रभाव देखिने तथा सामान्य स्वास्थ्यमा समस्या आउँनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्तबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफन्तसग सामान्य बिवाद हुँन सक्छ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला। स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सामाजिक कार्यमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा उपस्थिति जनाई समयमा काम लिन सकिनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफ्नो भन्दा पनि अरुकै बारेमा चासो लिने बानिले समस्या निम्त्याउन सक्छ। आफन्त तथा दिदि बहिनीहरु सँगको सम्बन्धमा चिसोपन आउन सक्छ । व्यापार व्यावसायमा समय लगानि गरे अनुसार प्रतिफल प्राप्त नहुदा चाहेजस्तो उपलब्धि हुने छैन
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा विवाद हुनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिवादमा फस्ने योग रहेकोछ ध्यान दिनुहोला । पुराना रोग तथा समस्या हरु पुनह बल्झिन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा अरुभन्दा पछि परिने छ । माया प्रेममा सामान्य मनमुटाव हुन सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मायाप्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ ।
लेखकःनेपाल ज्योतिष परिषद्,लुम्बिनी प्रदेशका उप–महासचिव हुन्।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी