लेखकःनेपाल ज्योतिष परिषद्,लुम्बिनी प्रदेशका उप–महासचिव हुन्।
आज मिति २०८० साल श्रावण २६ गते शुक्रबार। तदनुसार सन् २०२३ अगष्ट ११ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। अधिक श्रावण कृष्णपक्ष एकादशी तिथि । मृगशीरा नक्षत्र। व्याघात योग। बब करण। वृष राशीमा चन्द्रमा।
सूर्योदयः प्रातः ५.३२ /सूर्यास्तः १८.४५ बजे।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)
आजको दिन मान सम्मान मिल्नेछ । प्रेमी प्रेमीकाबाट पूर्ण सहयोग मिल्नेछ । धनलाभ हुने दिन छ । यात्रा तथा सवारी साधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानीले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
आज गरिने यात्रा सोचेजस्तो फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । विद्यार्थीका लागि भने अध्ययनमा सफलता मिल्नेछ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
स्वास्थ्यमा सामान्य समस्या देखिएला । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लगानीबाट फाइदा होला।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यायालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिस्प्रर्धामा प्रतिस्प्रर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुबाट सहयोग प्राप्त होला।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । पद प्राप्तिको योगलाई नकार्न सकिदैन । कृषि तथा पशुपालनबाट मनग्गे लाभ लिन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययन तथा अध्यापनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्तसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जानेछ।
लेखकःनेपाल ज्योतिष परिषद्,लुम्बिनी प्रदेशका उप–महासचिव हुन्।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी