ट्रेंडिंग:

>> अन्तशुल्क स्टिकर प्रकरण: विकल र सफललाई ८ वर्ष कैद >> हराएका २७ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण >> नेप्से ८ दशमलव ३० अङ्कले घट्यो, साढे ८ अर्ब रुपैयाँको शेयर कारोबार >> बुटवलका ३ स्थानमा अब ट्राफिक लाइट >> यस्तो छ कर्णालीका पालिकाको अवस्था >> जुन काममा हात हाल्छौं, त्यसबाट परिणाम आउनुपर्छ’– मुख्यमन्त्री आचार्य >> क्रान्तिकारी कम्युनिस्ट महाधिवेशन सुरु >> एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार >> रैनादेविमा रोटरी डाउनटाउनको छात्रा शौचालय परियोजना >> सिह कम्प्लेक्समा अब फ्रेण्डस सिनेमा >> कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ >> उद्योगी अग्रवालले ल्याए बजारमा अर्गानिक रत्नम मल >> रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ >> स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै >> प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै >> बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने >> रूपन्देही उद्योग संघ स्थापना दिवसमा तीन दिवसीय कार्यक्रम >> इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै >> बुटवल–गोरुसिङ्गे सडकखण्डको काम शुरु >> कपिलवस्तु महोत्सवमा नयाँ खेलः बालुवामा साइक्लिङ >> १५औं कपिलवस्तु महोत्सवको तयारी तीब्र >> रामपुरमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु >> एनपिएलको उत्साहलाई मर्न नदेउ >> प्रमको चीन भ्रमण र सहयोग विवादको तरंग >> गाई ब्याए किसानलाई दश हजार >> एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन >> भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो >> जनतालाई स्वास्थ्य बीमाले सास्ती >> नया ब्यवस्थापनमा सिजल एण्ड स्पाईस >> न्यायको भरोसा दिँदै पालिका >> सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> १५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व >> गुरुकुललाई बुद्धभूमि नगरपालिकाको सहयोग >> अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार >> जिप दुर्घटना : एक करोड ३२ लाख खर्च व्यहोर्न मुस्किल >> दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री >> सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपियाँ बढ्यो, खारेज गर्न निर्माण व्यवसायीको माग >> अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार >> विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा >> फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी >> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप
राशीफल

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

२३ श्रावण २०८०, मंगलवार
२३ श्रावण २०८०, मंगलवार

आज मिति २०८० साल श्रावण २३ गते मङ्गलबार। तदनुसार सन् २०२३ अगष्ट ०८ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। अधिक श्रावण कृष्णपक्ष सप्तमी तिथि । भरणी नक्षत्र। गण्ड योग। बालब करण। मेष राशीमा चन्द्रमा।

सूर्योदयः प्रात ५.३० /सूर्यास्तः १८.४७ बजे।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
दिन शुभ फलदायी रहला। विचारमा शीघ्र परिवर्तन आउने छ। जसका कारण महत्त्वपूर्ण कार्यको अन्तिम निर्णय लिन सरल रहनेछैन। कामको सन्दर्भमा वा कुनै विशिष्ट कारण यात्राको योग छ। लेखन कार्यको लागि शुभ दिन छ। बौद्धिक एवम् तार्किक विचार विनिमय हुन सक्छ।

वृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो)
मन स्थिर बनाई राख्नुहोला। कुनै महत्त्वपूर्ण अवसर गुमाउन सक्नुहुनेछ। सम्झौता गर्ने वृत्ति राख्नुहुनेछ। छोटो यात्रा हुने सम्भावना देखिन्छ। लेखक, कलाकार एवम् सल्लाहकारको लागि अनुकुल दिन छ। कुनै नयाँ कामको प्रारम्भ नगर्नुहोला।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
दिन आर्थिक दृष्टिकोणले लाभदायी छ। दिन स्वादिष्ट वा उत्तम भोजन, सुन्दर कपडा एवम् परिवारसँग मानसिक दृष्टिले अत्यन्त आनन्ददायी हुनेछ। स्वास्थ्य राम्रो रहला। उपहार मिल्नाले मन आन्दित रहला। निषेधात्मक विचारलाई मनमा आउन नदिनुहोला।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
हतारमा कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला। आफन्तसँग मनमुटावको प्रसंग हुन सक्छ। पारिवारिक कार्यमा खर्च होला। बोलीमा ध्यान राख्नुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। मानहानि एवम् धनहानिबाट बच्नुहोला।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
मित्र एवम् स्त्री मित्रबाट लाभ होला। कुनै सुन्दर स्थलमा घुम्न जानुहुनेछ। अनिर्णायक्ताको कारण हातमा आएको अवसर गुम्न सक्छ। जसकारण महत्त्वपूर्ण निर्णयलाई टाल्नुहोला। अधिकतर समय विचारमा व्यस्त रहनुहुनेछ। व्यापार एवम् आर्थिक लाभको योग छ।

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
दिन शुभ फलदायी छ। नयाँ कामको आयोजन सम्पन्न हुनेछ। व्यापारीवर्ग एवम् आफन्तसँग शुभ समय बिताउनु हुनेछ। व्यापारमा लाभ एवम् पेसामा पदोन्नतिको योग छ। पिताबाट लाभ होला। परिवारमा आनन्दको वातावरण बनिरहनेछ।

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते)
व्यवसायिक क्षेत्रमा लाभ होला। पेसा वा व्यवसायमा सहकर्मीको पूर्ण सहयोग मिल्नेछैन। लामो यात्रा वा कुनै धार्मिक स्थलमा जाने अवसर प्राप्त होला लेखनकार्य एवम् बौद्धिक क्षेत्रमा सक्रिय रहनुहुनेछ। विदेशबाट मित्र वा आफन्तको समाचार मिलनले आनन्द अनुभव होला।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
दिन शान्तिपूर्वक वा सावधानीपूर्वक बिताउनुहोला। नयाँ काममा असफलता प्राप्त हुने योग छ। त्यसैले कुनै नयाँ काम प्रारम्भ नगर्नुहोला। सरकार विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला। खर्च पनि बढ्न सक्छ।

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)
दिन आनन्दपुर्वक बिताउनु हुनेछ। मनोरंजनको प्रसंगले मन प्रफुल्लित रहनेछ। विपरीत लिंगीय व्यक्तिको सहवासको आनन्द लिनुहुनेछ। लेखनकार्यको लागि दिन निकै अनुकुल छ। साझेदारीबाट लाभ होला।

मकर (भो,ज,जि,खि,खु,खे,खो,गा,गि)
व्यापारमा विकासको लागि दिन लाभकारी रहला। व्यावसायमा आयोजन अनुसार कार्य गर्न सक्नुहुनेछ। पैसाको लेनदेनमा सफलता मिल्नेछ। व्यापार सम्बन्धित कार्यमा बाधा उत्पन्न हुनेछ। स्वास्थ्य राम्रो रहला। घरमा सुख–शान्तिको वातावरण बनिरहनेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)
बोलि तथा विचारमा शीध्र परिवर्तन होला। बौद्दिक चर्चामा जोडिनुहुनेछ। लेखनकार्य तथा सिर्जनात्मक प्रवृत्तिको आनन्द लिनुहुनेछ। आकस्मिक खर्च होला। स्वास्थ्य समस्या होला।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
उत्साह तथा स्फूर्तिमा कमी होला। परिवारसँग मतभेद तथा विवादमा नउत्रिनुहोला। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव होला। कुनै अप्रिय घटनाले मन खिन्न रहन सक्छ। पेसाको बारेमा चिन्ता रहनेछ।

लेखकःनेपाल ज्योतिष परिषद् ,लुम्बिनी प्रदेशका उप–महासचिव हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?