ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

नियमनमा रामग्रामका औषधि पसल तथा क्लिनिक

१९ श्रावण २०८०, शुक्रबार
१९ श्रावण २०८०, शुक्रबार

नवलपरासी, १९ साउन ।  रामग्राम नगरपालिकाले नगरक्षेत्र भित्र रहेका अवैध स्वास्थ्य क्लिनीक, औषधी पसल तथा विभिन्न एक्सरे, प्याथलोजी लगायतका स्वास्थ्य सँस्थालाई नियमन गर्ने भएको छ । हालै सम्पन्न नगरपालिकाको नगरसभाले नगरक्षेत्र भित्र सञ्चालन हुने स्वास्थ्य सस्था दर्ता, अनुमति तथा नविकरण सम्बन्धि निर्देशिका २०८० पास गरे पछि त्यस्ता सँस्थाहरूलाई अब अनुगमन नियमनका कार्य प्रारम्भ गर्ने भएको हो ।

नगरकार्यपालिकामा सो ऐन प्रस्तुत गरेर छलफल गरि अनुगमन कार्ययोजना बनाएर अनुगमन गरिने नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक सुरज गौतमले बताए । उनका अनुसार विगत बर्षमा स्वास्थ्य सम्बन्धि ऐन बने पनि त्यसको निर्देशिका तयार भएको थिएन् । अहिले स्वास्थ्य सम्बन्धित ऐन र निर्देशिका समेत बनिसके पछि अनुगमन र नियमन गर्ने बाटो समेत खुल्यो, उनले भने, नगरपालिका क्षेत्र भित्र धेरै स्वास्थ्य सस्थाहरू अवैध रहेको गुनासो विगत बर्ष देखी नै उठ्दै आएको छ, तर त्यसलाई नियमन गर्ने नगरपालिकाको स्वास्थ्य शाखासँग कानुन अभाव थियो । अहिले निर्देशिका समेत बनिसकेको छ ।

अब अवैध रूपमा सञ्चालनमा रहेको स्वास्थ्य क्लिनिक, औषधी पसल, प्याथलोजी, एक्सरे सेवा तथा अस्पतालको सञ्चालन, दर्ता अनुमति तथा नियमित नविकरण गर्न सक्ने आधार अब निर्देशिका बनेको छ । पहिलो पटक नगरक्षेत्र भित्र रहेका त्यस्ता अवैध स्वास्थ्य सस्थाहरूलाई दर्ताका लागि आह्वान गरिन्छ, उनले भने, तत्पपश्चात अनुगमन गरिन्छ । आफै स्वतः दर्ताका लागि आउने संस्थाहरूको मापदण्ड अनुसारको पुर्वाधार,जनशतिm आदी आवश्यक कागजातहरू पुरा भएको पाइएमा दर्ता तथा सञ्चालन अनुमति दिईन्छ । मापदण्ड पुरा नगरेका सस्थालाई पनि मापदण्ड पुरा गर्न लगाई दर्ता अनुमति दिईने तर त्यसको अटेरी गरेमा त्यस्ता सस्थाहरू बन्द गरिने छ ।

निर्देशिकाले स्वास्थ्य सस्थालाई पनि कानुन सम्मत अनुमति लिइ सञ्चालन गर्न सहज हुनेमा उनले विश्वास ब्यक्त गरे । दर्ता अनुमित पछि नियमित रूपमा स्वास्थ्य शाखामा स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली (एचआईएमएस) अनुसार प्रतिवेदन पठाउनु पर्ने हुन्छ । राजश्व नतिरी सञ्चालन हुँदै आएका स्वास्थ्य सस्थाहरूलाई दर्ता पनि राजश्व तिर्नका लागि पनि वातावरण बन्ने छ । स्वास्थ्य सस्थालाई आवश्यक पर्ने सहयोगमा समेत नगरपालिकासँग सहकार्य गर्न पाउने छन् । लुकेर ब्यवसाय गर्नु भन्दा दर्ता अनुमति पश्चात खुलेर ब्यपार गर्नु पर्ने वातावरणको समेत सृजना हुने शाखाले जनाएको छ ।

सदरमुकाम परासी बजार भित्र दर्जन बढि स्वास्थ्य सँस्थाहरूले मापदण्ड विपरित विना दर्ता अनुमतिका प्याथलोजी,क्लिनिक,एक्सरे,भिडियो एक्सरेसम्म गर्दै आएका छन् । औषधी पसलमा समेत फर्मास्ति विनाको औषधी पसल सञ्चालनमा रहेका छन् । विभिन्न चिकित्सकको प्रमाणपत्र मात्र राखेर अहेव,स्वास्थ्य सहायकले नियमित स्वास्थ्य क्लिनिकहरू सञ्चालन गर्दै आएका छन् । मनपरी शुल्क आफैले तोकेर समेत लिइने गरेका छन् । शुल्कमा समेत एकरूपता ल्याउनका लागि दर्ता अनुमति पश्चात गुणस्तरको आधारमा मुल्य सूचि स्वास्थ्य शाखाले तयार गरि सार्वजनिक गर्ने र त्यसले आम उपभोक्तालाई राहत मिल्ने विश्वास उनले ब्यक्त गरेका थिए ।
सरकारी स्वास्थ्य संस्थाहरूमा नियमित रूपमा निशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएका स्वास्थ्य शाखाले अब निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदान गर्ने सस्थालाई ब्यवस्थित, मार्यादित बनाउन लागि परेको जनाएको छ । यसले बदनाम निजी स्वास्थ्य सस्थालाई पनि नियमन गरि गुणस्तरिय सेवा प्रवाह गराउनमा सहयोगी हुने छ । गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध शाखा सिँह दरबार काठमाडौले साउन ७ गते नै जिल्ला प्रशासन कार्यालय मार्फत सबै स्थानिय तहलाई औषधी पसल अनुगमन गरी औषधी पसल दर्ता भएको मिति र निकाय समेत खुल्ने गरि तथा दर्ता नभएको हकमा आवश्यक कारवाहीका लागि विवरण तयार गरी पठाउनु हुन पत्राचार समेत गरि सकेको छ ।

सोही पत्र अनुसार नै जिल्ला प्रशासन कार्यालयले साउन ११ गते रामग्राम नगरपालिकामा समेत पत्र आई सकेको छ । त्यसलाई पनि कार्यान्वय गर्नका लागि यो निर्देशिका अनुसार नगरपालिकाले आफ्नो काम कारवाही अगाडी बढाउने उनको भनाई थियो । धेरै जसो औषधी पसलले लागू औषधमा प्रयोग हुन सक्ने औषधी विना चिकित्सिकको परामर्श र विना रेकर्ड बिक्री वितरण गर्दै आएका छन् । यस्ले पनि स्थानिय प्रशासनलाई चुनौती थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?