© २०२३
न्युज बुटवलटुडे
बुटवल,१८ साउन । बुटवलको राजमार्ग चौराहामा सञ्चालित ब्रिटिस म्यानेजमेन्ट कलेजमा एसिसिए अध्ययनरत छात्रा कोपिला न्यौपाने एसिसिएको अडिट एण्ड एस्योरेन्स (एए) मा नेपाल तेस्रो भएकी छन् । एसिसिए विषय पढ्नका लागि कोपिलासंगै देशभर १५ सय ३५ विद्यार्थी भर्ना भएका थिए ।
ती विद्यार्थीहरुमध्ये कोपिला तेस्रो भएकी हुन् ।
काठमाडौं र बिराटनगरपछि एसिसिए विषय पढाई हुने नारायणी पश्चिमको यो पहिलो कलेज हो ।
सिएमा शतप्रतिशत उत्तीर्णको ग्यारेन्टी गर्दै आएको कलेजले एसिसिए विषयमा उत्कृष्ट नतिजा ल्याएको कलेजका प्रबन्ध निर्देशक सुशील कुँवरले बताए। ‘स्थापनाको छोटो अवधिमै ब्रिटिस म्यानेजमेन्ट कलेजले उत्कृष्ट नतिजा दिएको छ, अब एसिसिए र सिए विषय पढ्न काठ्माडौं वा भारत नै जानुपर्छ भन्ने मान्यता तोडिएको छ’–उनले भने–‘हामीले ग्लोबल स्टार्डर्डमा पठनपाठन गराउने भएकाले नतिजा पनि उत्कृष्ट आउने गरेको छ ।’
नेपाल तेस्रो भएकी कोपिलाले ब्रिटिस म्यानेजमेन्ट कलेजको पढाई स्टुडेन्ट फ्रेण्डली र अन्तर्राष्ट्रियस्तरको रहेकाले आफू पूर्ण सन्तुष्ट रहेको बताइन् । एसिसिए र सिए दुबै विषय पढ्दा ३ वर्षे इन्टर्नसीपमा जाने विद्यार्थीले कम्तीमा तीन लाख रुपैयां आम्दानी गर्न सक्ने कुँवरले बताए। यस्तै उत्कृष्ट विद्यार्थीहरुलाई विशेष छुटसहित छात्रवृत्तिको समेत व्यवस्था रहेको कुंवरेल बताए ।
एसिसिए र सिए पढ्नका लागि बुटवलको उत्कृष्ट कलेज ब्रिटिस म्यानेजमेन्ट कलेज भएको कलेज सञ्चालक रोशन नेपालले जानकारी दिए । उनले गत वर्ष यसै कलेजबाट विजय बन्जाडे र विकास भण्डारी नेपाल दोस्रो भएका र उनलाई एसिसिए नेपाल संस्थाले छात्रवृत्ति दिएको बताए ।
राम्रो पारिश्रमिक सहित रोजगारीको सुनिश्चित हुने भएकाले एसिसिए र सिए दुबै विषय पढ्न विद्यार्थीको आकर्षण बढ्दै गएको कलेजले जनाएको छ । कलेजमा २ सय विद्यार्थी अध्ययनरत छन् ।