© २०२३
आज मिति २०८० साल श्रावण १५ गते सोमबार । तदनुसार सन् २०२३ जुलाई ३१ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४५ । अधिक श्रावण शुक्लपक्ष चतुर्दशी तिथि । पूर्वषाढा नक्षत्र। उत्पात योग। गर करण । धनु राशीमा चन्द्रमा । आज खिर खाने दिन ।
सूर्योदयः प्रात : ५.२७ /सूर्यास्तः १८.५१ बजे ।
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
अनुसन्धान तथा प्रविधिको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । धार्मिक यात्राको समय छ ।
बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
आजको दिन अचल सम्पत्ति हात लाग्ने सम्भावना रहेको छ । प्रेमी प्रेमीकाबाट पूर्ण सहयोग मिल्नेछ । धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
आज गरिने यात्रा सोचेजस्तो फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । विद्यार्थीका लागि भने अध्ययनमा सफलता मिल्नेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
स्वास्थ्यमा सामान्य समस्या देखिएला । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानीबाट हानीहुने दिन रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लगानीबाट आउने आम्दानीले भबिश्यको लागि भौतिक सम्पति जोड्न सकिनेछ ।
बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्प्रर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । व्यापार व्यावसायमा सफलता प्राप्त होला ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । आजको दिनमा पद प्राप्तिको योगलाई नकार्न सकिदैन । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरि मनग्गे लाभ लिन सकिनेछ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
लामो समयदेखि रोकिएका कार्यहरुले पुर्णता पाउने सम्भावना रहेको छ।अध्ययन तथा अध्यापनको क्षेत्रमा दिईएको समयबाट परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रसन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् ।
लेखकःनेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी