© २०२३
सुनवल, १४ साउन ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिम नवलपरासीको अध्यक्षमा व्यवसायी भोला पराजुली चयन भएका छन् । सुनवल १२ भुमहीमा पहिलो पटक भएको भेलाले हेमलक इण्टरनेशनल टुर एण्ड ट्राभल्सका सञ्चालक पराजुलीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
पराजुलीको नेतृत्वमा गठित समितिको उपाध्यक्षमा भुमही स्टारका नारायण प्रसाद पाण्डे, महासचिवमा हुजर स्टार ट्राभल्सका कृष्ण ढकाल, कोषाध्यक्षमा एट्ल्सका कृष्ण प्रसाद श्रेष्ठ रहेका छन् । नवगठित समितिको सदस्यहरुमा हिमालयन होटलका कृष्ण भण्डारी, ड्रिमलाइटका विकास भण्डारी, सेन्ट्रल पोईन्टका नविन्द्र बस्याल र सुरज पाण्डे छन् ।
नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले उदघाटन गरे भेलामा नाट्टा लुम्बिनीका प्रथम उपाध्यक्ष चन्द्र बहादुर थापा, द्वितीय उपाध्यक्ष कुल चन्द्र पाण्डे, कोषाध्यक्ष सुजित श्रीवास्तव, कार्यकारी समिति सदस्य सिता बस्याल लगायतले पर्यटन प्रवद्र्धनमा एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । नवनिर्वाचित अध्यक्ष पराजुलीले जिल्लाका पर्यटकिय गन्तव्यको पनि प्रवद्र्धनमा नाट्टाले महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी