ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

रुपन्देहीमै बढी मुद्दा बुटवल प्रहरीमा

१४ श्रावण २०८०, आईतवार
१४ श्रावण २०८०, आईतवार

बुटवल, १४ साउन ।  इलाका प्रहरी कार्यालय बुटवलमा गएको आर्थिक वर्षमा ५ सय ३५ जना विरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय बुटवलमा आत्महत्या र कर्तव्य ज्यान सम्बन्धित कसुरमा धेरै जना बिरुद्ध मुद्दा छन् ।

गएको एक वर्षमा ज्यान सम्बन्धी कसुर गरेको भन्दै ९६ बटा र आत्महत्यामा ९९ बटा अभद्र ब्यवहारमा ६३ वटा, चोरीमा ५० वटा, लागूऔषध ओसारपसार तथा सेवनमा ४२ वटा, जबरजस्ती करणीमा २७ वटा र जबरजस्ती करणी उधोगमा ८ वटा बिरुद्ध मुद्दा दायर भएको हो ।
कर्तब्य ज्यानमा संलग्न १३ वटा ज्यान मार्ने उद्योगमा ११ वटा बिरुद्ध समेत मुद्दा दायर भएर कार्वाही भएको प्रहरीको रेकर्डमा देखिएको छ ।

सवारी ज्यानमा ४३ वटा सवारी दुर्घटनामा २० वटा सवारी दुर्घटना गराएर अंगभंगमा ५ वटा, ठगीमा ८ वटा अपहरण तथा शरीर बन्धकमा २ वटा, बहुबिवाह बिरुद्ध ६ वटा, सरकारी कागज लिखत नष्ट ५ वटा, बिष्फोटक पदार्थ सम्बन्धिी १ जना, हातहतियार खरखजना २ वटा, सरकारी छाप दुरूपयोग गरेको भन्दै एक वटा, सवारी चोरी ४ वटा, जुवातास एक वटा, बिष सेवनगरी आत्महत्या ८ वटा, नागरिकता कृतेकार्यमा एक वटा, बैकिड्ड कसुरमा १ वटा, सरकारी पैसा हिनामिनामा एक जना गरी ५ सय ३५ वटा मुद्दा दर्ता गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको हो ।

गत वर्ष ४ सय ९६ वटा मुद्दा चलाएकोमा गएको आर्थिक वर्षमा ५ सय ३५ वटा मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । निरीक्षक खत्रीले भने–‘मुद्दाको संख्या प्रकृति हेर्दा हरेक वर्ष बढ्दै गएको छ ।” इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले धेरै मुद्दा चल्नुमा प्रहरीको सक्रियता रहेको दाबी गर्दछन् । उनले शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, ट्राफीक व्यवस्थापन, विवाद समाधान, विपत व्यवस्थापन लगायतका विषयमा प्रहरीको निरन्तर निगरानी र कर्तव्य पालनाले गर्दा मुद्दा दर्ता बढेको उनको भनाइ छ ।

प्रहरीलाई साधान स्रोतले पूर्ण बनाउन आवश्यक रहेको बताउँदै उनले अझ बढि जनशक्ति भएमा मुद्दा दर्ता, अनुसन्धान लगायतका काममा सहज हुने बताए । उनले भने–‘ प्रहरीलाई साधान स्रोत सम्पन्न बनाउनु जरुरी छ, पर्याप्त मात्रामा दरबन्दीको जरुरी छ ।’ नेपाल प्रहरीलाई बढ्दो प्रविधि, सामाजिक अवस्था हेरेर सोही अनुसार अझ बढि सुबिधा सम्पन्न बनाउनुपर्ने उनको जोड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?