© २०२३
आज मिति २०८० साल श्रावण १२ गते शुक्रबार। तदनुसार सन् २०२३ जुलाई २८ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। अधिक श्रावण शुक्लपक्ष दशमी (बिहान०९ः३४ बजेसम्म) तत्पश्चात् एकादशी तिथि । अनुराधा नक्षत्र। रक्ष योग। वणिज करण। वृश्चिक राशीमा चन्द्रमा।
सूर्योदयः प्रातः ५.२५ / सूर्यास्तः १८.५४ बजे।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्तजनबाट सहयोग पाइने तथा आत्मियता बढेर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ठ भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । समाजसेवामा समय खर्चिनु पर्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । नयाँ मानिसको आगमनले मनमा उत्साह जाग्नेछ । माया प्रेमको सम्बन्ध झन प्रगाढ बन्दै जाला।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रतिष्पर्धामा प्रतिष्पर्धिभन्दा कमजोर साबित भईनेछ । आफन्त तथा अग्रज ब्याक्तित्वहरुसँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिद्या तथा प्रतिष्पर्धामा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ । पैतृक धन सम्पतिको प्रयोग मार्फत आम्दानिका नयाँ स्रोतहरु बनाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बोलिको प्रभाव बढ्नेछ । प्रतिष्ठित पद प्राप्तिको गतिलो योग रहेकोछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अध्ययनमा सफलताका आधार प्राप्त होलान् । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्तहरुसँग अनाबस्यक बिवाद हुन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवनसाथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय उत्तम छ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । आफन्तजनबाट टाडिनु पर्ने हुन सक्छ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने राम्रै आम्दानि गर्न सकिनेछ ।
लेखकःनेपाल ज्योतिष परिषद् ,लुम्बिनी प्रदेशका उप–महासचिव हुन्।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी