© २०२३
आज मिति २०८० साल श्रावण ११ गते बिहिबार। तदनुसार सन् २०२३ जुलाई २७ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। अधिक श्रावण शुक्लपक्ष नवमी (बिहान१०ः१५ बजेसम्म) तत्पश्चात् दशमी तिथि । विशाषा नक्षत्र। प्रवर्ध योग। तैतिल करण। तुला राशीमा चन्द्रमा।
सूर्योदयः प्रातः ५.२४/सूर्यास्तः १८.५६ बजे।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन मध्यम रहेको छ। कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । आफन्त सँग मनमुटाब बढ्ने हुँदा सजक रहनु होला।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कुनै नयाँ व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनु नै उचित हुनेछ । लेखन तथा साहित्यमा सुरु गरिएका कामहरु थाति रहनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिद्यार्थि वर्गहरुलाई सफलता प्राप्त नहुन सक्छ । माया प्रेम तथा पति पत्निबिच एक अर्काको भावना बुझ्न नसक्दा केहि समय अलग हुँने पर्ने बाध्यता आउँनेछ । बिगतमा खानपानमा ध्यान नदिदा त्यसको प्रभाव देखिने तथा सामान्य स्वास्थ्यमा समस्या आउँनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्तबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफन्तसग सामान्य बिवाद हुँन सक्छ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला। स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सामाजिक कार्यमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा उपस्थिति जनाई समयमा काम लिन सकिनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफ्नो भन्दा पनि अरुकै बारेमा चासो लिने बानिले समस्या निम्त्याउन सक्छ। आफन्त तथा दिदि बहिनीहरु सँगको सम्बन्धमा चिसोपन आउन सक्छ । व्यापार व्यावसायमा समय लगानि गरे अनुसार प्रतिफल प्राप्त नहुदा चाहेजस्तो उपलब्धि हुने छैन
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा विवाद हुनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिवादमा फस्ने योग रहेकोछ ध्यान दिनुहोला । पुराना रोग तथा समस्या हरु पुनह बल्झिन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा अरुभन्दा पछि परिने छ । माया प्रेममा सामान्य मनमुटाव हुन सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मायाप्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ ।
लेखकःनेपाल ज्योतिष परिषद् ,लुम्बिनी प्रदेशका उप–महासचिव हुन्।