© २०२३
आज मिति २०८० साल श्रावण १० गते बुधबार। तदनुसार सन् २०२३ जुलाई २६ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। अधिक श्रावण शुक्लपक्ष अष्टमी (बिहान१०ः२६ बजेसम्म) तत्पश्चात् अष्टमी तिथि । स्वाती नक्षत्र। धुम्र योग। बालब करण। तुला राशीमा चन्द्रमा ।
सूर्योदयः प्रातः ५.२४/सूर्यास्तः १८.५६ बजे ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका विभिन्न स्रोत देखिए पनि विचार पुर्याउन नसक्दा पछि परिनेछ । दिउँसोदेखि खर्च बढ्ने र काममा अवरोध आउने सम्भावना छ । लगानीतर्फ लागत बढ्नेछ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्यका क्षेत्रमा विशेष ध्यान पुर्याउनुहोला । व्यापारमा लाभांश घट्न सक्छ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । अरूका लागि समय खर्चनुपर्ला । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । पेसामा फलदायी रहनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
तपाईंको मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । आजको दिन आर्थिक कारोबारमा घाटा व्यहोर्नुपर्ने देखिन्छ,सचेत रहनुहोला ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
स्वास्थ्यमा सामान्य समस्या देखिएला । परिवारका सदस्यहरुसंग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानीबाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
आज रमाइलो यात्राको योग रहेकोछ । धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ । नोकरी,व्यवसाय र अध्ययनको मार्ग शुभ रहेकाछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मनमा असन्तोष बढनेछ । मनले चिताएका कामहरु पुराहुने छैनन् । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्ने छ । अनावश्यक रुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ । शत्रुपक्ष वलवान हुनेछन ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
धन लाभ हुने दिन रहेको छ । आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मिष्ठान्न भोजन तथा स्वर्णादी वस्तुको लाभ हुने दिन रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
धन प्राप्तिको योग छ । मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जागृत हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको दिन तपाईंको राम्रो छ । परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
लेखकःनेपाल ज्योतिष परिषद् ,लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।