ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

कालजयी बीपीप्रति हार्दिक श्रद्धाञ्जली !

६ श्रावण २०८०, शनिबार
६ श्रावण २०८०, शनिबार

नेपाली काग्रेस जसलाई बीपीले जन्माउनु भयो, हुर्काउनु भयो, फलाउनु भयो, फुलाउनु भयो । बीपी एक कालजयी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको सम्पूर्ण जीवन देशभक्त र तथा प्रजातान्त्रिक आस्था एवं मुल्यको संरक्षण र सम्बद्र्धनका खातिर संघर्ष र तपस्यामा समर्पित थियो । हाम्रो राष्ट्रिय इतिहासको एक काल खण्डमा बीपी कोईरालाको नेतृत्वले नेपाली कांग्रेसलाई मात्र होईन देशका समस्त लोकतान्त्रिक मूल्यमा आस्था राख्ने नेपालीलाई भरपर्दो आड भरोसा दिएको थियो ।

आज दुःख एवं खेदका साथ भन्नुपर्छ– बीपीको मार्गदर्शमा प्रजातान्त्रिक संघर्षको गौरवशाली इतिहास बोकेको नेपाली कांग्रेस शेरबहादुर देउवा जस्ता पैसा र सत्ताका लागि जस्तो सुकै साँठगाँठ र कुर्कम गर्न पनि पछि नपर्ने भ्रष्ट र पदलोलुप व्यक्तिको चंगुलमा फसेर कांग्रेसको अस्तित्व खरानी गर्दैछन् । शेरबहादुर देउवाको अनिष्टकारी सोचाई र जनहित, देशहित विपरित र गैर लोकतान्त्रिक आचरणले नेपाली कांग्रेस अहिले सांघातिक रोगबाट प्रताडित छ । बीपीको कार्यकालमा समस्त देशभक्त, प्रजातान्त्रिक एवं जनमुखी नेपालीका सपना बोकेको त्यो काग्रेस अहिले शेरबहादुर देउवा, आरजू राणा, रामचन्द्र पौडेल, पुष्पकमल दाहाल प्रचण्डको चक्रब्यूहमा फसेर सत्ता लोभ, मोह तथा व्यक्ति स्वार्थको आकण्ठ भाषमा जाकिएको अवस्था छ । पंक्तिकारको यो दावी कुनै कपोलकल्पित कल्पना नभएर काग्रेसको वर्तमानले देखाएको यथार्थ माथिको खरो टिप्पणी होे । अझैपनि घर्किसकेको छैन । समय छँदै यस तथ्यप्रति कांग्रेसजनको ध्यान जाओस् भन्ने पंक्तिकारको ध्येय हो ।

बीपी अहिले हाम्रो सामु हुनुहुन्न । उहाँको भौतिक अस्तित्वलाई अग्नीले खरानी बनाएर बागमतिमा सेलाएको पनि चारदशक भन्दा बढी भयो । तर, यसरी उहाँको भौतिक अस्तित्व पृथ्वीमा नरहेपनि उहाँको अमर त्याग, देशप्रेम, लोकतन्त्रप्रतिको विश्वास एक प्रजातन्त्रप्रेमी देशभक्त नेपालीको निम्ति मार्गदर्शनको ज्योति अझै निभेको छैन । आज बीपीको त्यो जनमानसमा शाश्वत प्रदिप्रमान ज्योतिपुञ्जलाई आफुलाई बीपीको अनुयायी भनी कांग्रेसको नेतृत्व कब्जा गरेका शेरबहादुरले बीपीको सिद्धान्त, नीति, व्यवहार दर्शन एवं मूल्य मान्यतासित कुनैपनि सरोकार नभएका आततायी तत्व र शक्तिसित मिलेर निभाउने चेष्ठा गरिरहेका छन् । आफूलाई काँग्रेसका नेता तथा कार्यकर्ता भन्नेहरुले यो तथ्य बुझेका छैनन कि जानी बुझीकनपनि स्वार्थबस बुझ पचाईरहेका छन् । आज समयले कांग्रेससित यो प्रश्नको उत्तर खोजिरहेको छ ।

२०२९/३० सालतिरको कुरा हो । बनारसमा पढ्दा एकदिन पुष्पलालले आफ्नो निवास दशपुत्र गल्लीस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालयबाट बनारसकै सारनाथमा रहेको बीपी कोईरालाको निवासमा लैजानु भयो । पुष्पलालले बच्चा कमरेड भन्दै बालकवि भनेर बीपीलाई मेरो परिचय दिनुभयो । केही कविता सुनाउन र गीत गाउन भन्नुभयो । मैले एक दुईवटा आफ्ना कविता सुनाएँ र २/४ वटा लेखनाथ ज्ञवालीका क्रान्तिकारी गीत सुनाए । बीपीले मलाई स्नेहपूर्वक सुम्सुम्याउनु भयो र केहि प्रश्न गर्नुभयो । उहाँले सोध्नु भएको अरु प्रश्नहरुको अहिले हेक्का छैन तर एउटा प्रश्नले भने मलाई अझैपनि प्रोत्साहन दिईरहेको छ । जसलाई मैले कहिल्यै बिर्सन सकिन । त्यो मामुली प्रश्न आलोकले मलाई निष्पट अन्धकार रात्रीमा टिम्टिमाएर प्रकास छरिदिने जुनकिरीको आभास प्राप्त भईरहेको महसुस हन्छ । बीपीले सोध्नु भएको थियो –‘कस्तो मान्छे बन्ने इच्छा छ ? मैले ठूलो मान्छे भनेको थिएँ अनि बीपीले कस्तो ठूलो मान्छे ? भन्नुभयो । पुष्पलाललाई चुरोट टकार्दै र आफूले फुत्तफुत्त दुबै ओठको गोलाकारबाट सिगारको धुवाँ फाल्दै सोध्नुभयो फेरि । माइल्दाई (पुष्पलाल) जस्तो तपै जस्तो मेरो उत्तर थियो । मेरो केटाकेटीपन झल्कने त्यो जवाफ बीपीलाई पनि पुष्पलाललाई पनि र सँगै त्यहाँ रहेका अरुलाई पनि अलि अलि हाँसो जगाईदिने कारण बनेछ ।
मैले रहस्य बुझन सकिन । उहाँहरु भने अलि अलि हाँस्नु भयो । केहिबेर पछि बीपीले पूर्ववत आकासतिर सिगारको धुवाँ फाल्दै मलाई भन्नुभयो– ठूलो मान्छे बन्ने इच्छा राख्नुहुँदैन । असल मान्छे बन्ने इच्छा राख्नुपर्छ । ठूला मान्छे त राजा हुन् । राजाका मन्त्रीहरु हुन् । धनीमानी व्यक्तिहरु हुन् । व्यापारीहरु हुन । उनीहरु असल मान्छेहरु होईनन् । असल मान्छे सहिदहरु हुन् । प्रजातन्त्रका निम्ति काम गर्ने व्यक्तिहरु हुन् । किसानहरु, मजदुरहरु, ज्यामीहरु, कुल्लीहरु, दर्वानहरु, खेतालाहरु, हलो गोठालाहरु जनताहरु हुन् । हामी ठूलो मान्छेहरु होइनौ, हामी असल मान्छे हो ।

आज देश आर्थिक दयनीयताको पराकाष्ठामा पुगिसकेको छ । यसको कारक तत्वहरु बीपीले भनेजस्तै ठूला मान्छे बनिरहेका छन् । संविधान, ऐन कानुनलाई शौचालयको कमोटमा ट्वाईलेट पेपर बनाईरहेका छन् ठूला मान्छेहरुले । ठूला मान्छेहरुको संरक्षणमा चारैतिर माफियाहरुको संजाल फैलिएको अवस्था छ । देशमा जस्तै घटना भएपनि कुनै ठूलो मान्छेलाई चासो छैन । आफ्नै मतदाताहरुलाई आफ्नै कार्यकर्ताहरुलाई आफ्नै जनताहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर उनीहरुसित लाखौ रुपियाँ असुली अमेरिका पठाईदिने प्रलोभनमा मित्थ्या सपना देखाएर घरको न घाटको बनाई उनीहरुको पारिवारिक जीवन संकट र क्षतविक्षत बनाईदिने काम भएको छ । बालुवाटारको ललिता निवास जग्गा घोटाला काण्डहरु र ती काण्डहरुमा देखिएका ठूला मान्छेहरुको संलग्नताका पुष्टिहरुले देश दिनानुदिन विभिन्न किसिमका गंभीर तथा जटिल समस्याहरुको भुमरीमा फस्दै जान थालेको जगजाहेर हुन्छ । तर, यस्तो अवस्थामा पनि देशको यस्तो गम्भिर अवस्थाप्रति ध्यान दिनुको सट्टा जिम्मेवारीको ओहदामा बसेका ठूला मान्छेहरु र त्यसमा पनि बीपीको सपना साकार पार्ने प्रतिबद्धता बोकेका छौ भन्ने काग्रेसी कार्यकर्ताहरुमा समेत छाएको उदासीनताले यस स्थितिलाई अझै डरलाग्दो बनाउन प्रत्यक्ष योगदान दिईरहेको छ ।

त्यसैले आफूलाई खाँटी काग्रेस भन्नेहरुले बीपीको चिन्तन र विचारहरुका अनुयायी हौ भन्नेहरुले शेरबहादुर एण्ड कम्पनीको चक्रब्यूहमा फसेको कांग्रेसलाई उनीहरुको मायावी जालबाट मुक्त बनाई सत्ताको फोहरी खेलमा होईन, निष्ठाको राजनीति तर्फ पुनर्जागरण अभियान चलाएर कांग्रेसलाई भ्रष्ट स्वार्थी पदलोलुप, सत्तालिप्ता, पाखण्डी, ठग र माफियाहरुको स्वार्थ पूरा गरिदिने अखडाबाट अलग बनाउन भन्ने सुझाव दिदै नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बीपीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?