ट्रेंडिंग:

>> अन्तशुल्क स्टिकर प्रकरण: विकल र सफललाई ८ वर्ष कैद >> हराएका २७ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण >> नेप्से ८ दशमलव ३० अङ्कले घट्यो, साढे ८ अर्ब रुपैयाँको शेयर कारोबार >> बुटवलका ३ स्थानमा अब ट्राफिक लाइट >> यस्तो छ कर्णालीका पालिकाको अवस्था >> जुन काममा हात हाल्छौं, त्यसबाट परिणाम आउनुपर्छ’– मुख्यमन्त्री आचार्य >> क्रान्तिकारी कम्युनिस्ट महाधिवेशन सुरु >> एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार >> रैनादेविमा रोटरी डाउनटाउनको छात्रा शौचालय परियोजना >> सिह कम्प्लेक्समा अब फ्रेण्डस सिनेमा >> कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ >> उद्योगी अग्रवालले ल्याए बजारमा अर्गानिक रत्नम मल >> रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ >> स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै >> प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै >> बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने >> रूपन्देही उद्योग संघ स्थापना दिवसमा तीन दिवसीय कार्यक्रम >> इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै >> बुटवल–गोरुसिङ्गे सडकखण्डको काम शुरु >> कपिलवस्तु महोत्सवमा नयाँ खेलः बालुवामा साइक्लिङ >> १५औं कपिलवस्तु महोत्सवको तयारी तीब्र >> रामपुरमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु >> एनपिएलको उत्साहलाई मर्न नदेउ >> प्रमको चीन भ्रमण र सहयोग विवादको तरंग >> गाई ब्याए किसानलाई दश हजार >> एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन >> भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो >> जनतालाई स्वास्थ्य बीमाले सास्ती >> नया ब्यवस्थापनमा सिजल एण्ड स्पाईस >> न्यायको भरोसा दिँदै पालिका >> सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> १५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व >> गुरुकुललाई बुद्धभूमि नगरपालिकाको सहयोग >> अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार >> जिप दुर्घटना : एक करोड ३२ लाख खर्च व्यहोर्न मुस्किल >> दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री >> सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपियाँ बढ्यो, खारेज गर्न निर्माण व्यवसायीको माग >> अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार >> विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा >> फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी >> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

आज मिति २०८० साल श्रावण ३ गते बुधबार। तदनुसार सन् २०२३ जुलाई १९ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामक: संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। अधिक श्रावण शुक्लपक्ष द्वितीया तिथि । तिष्य/अश्लेषा नक्षत्र। मातङ्ग योग। बालब करण। कर्कट राशीमा चन्द्रमा।

सूर्योदय: प्रात: ५.२१/ सूर्यास्त: १८.५८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ। शारीरिक र मानसिक रूपले ताजा र प्रसन्न अनुभव गर्नहुनेछ। साथी र परिवारसँग वैचारिक मतभेद भने रहला। उपहार प्राप्त गर्नुहुनेछ। आर्थिक लाभ होला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पूर्ण स्थिर रहेर काम सम्पन्न गर्नुहोला। यात्राको आयोजन सफल हुने छैन। घरपरिवारबाट प्रेम र समर्थन प्राप्त गर्नुहुनेछ। लेखन क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाइनेछ । स्वास्थ्य राम्रो रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाईको मन केहि चन्चल रहनेछ, जसकारण उपयुक्त निर्णय लिन कठिनाई हुनेछ । साथै महत्त्वपूर्ण काम पूरा हुनेछैन। प्रतिस्पर्धीको सामना गर्नुपर्ने हुन्छ। बौद्धिक वा तार्किक छलफलमा भाग लिनुहुनेछ। छोटो यात्रा हुन सक्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम गर्ने योजना पूरा हुनेछ। व्यापारी र व्यवसायिक व्यक्तिको लागि लाभदायक दिन साबित हुनेछ। उच्च पदाधिकारीको कृपादृष्टि रहनेछ जसकारण पदोन्नति हुन सक्ला। स्वास्थ्य स्वस्थ रहनेछ। पारिवारिक वातावरण रमणीय रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन आर्थिक कारोबारमा सफलता प्राप्त होला। उत्तम भोजन प्राप्त होला। साथीसँग रमणीय स्थानमा जान सक्नुहुनेछ। छोरासँग भेट्ने अवसर प्राप्त हुनेछ। कुनै शुभ प्रसंग प्राप्त हुनेछ। वैवाहिक जीवन राम्रो रहनेछ र श्रीमतीको सहयोग प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा डर एवम् चिन्ताको अनुभव हुनेछ। परिवारमा मतभेदका कारण पारिवारिक वातावरण केही तनावपूर्ण रहनेछ। मानसिक रुपले बेचैन रहनुहुनेछ। बोलिमा विशेष ध्यान राख्नुहोला। अत्यधिक खर्च हुनसक्ला। गलत धारणाबाट टाढा रहनुपर्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन आनन्दमा बित्नेछ । स्वादिष्ट भोजन तथा नयाँ कपडा प्राप्त गर्नुहुनेछ। नयाँ व्यक्तितर्फ आकर्षण रहनुको साथै उनीहरुसँगको भेट रोमाञ्चक रहनेछ। तपाईको विचार भने स्थिर रहनेछैन। प्रणय सम्बन्धमा सुखानुभुतिको अनुभव रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। शारीरिक र मानसिक स्वास्थ्यमा केही समस्या देखिएला। रिसलाई नियन्त्रणमा राख्नुहोला। कुनै पनि अनैतिक काम र गतिविधिबाट टाढा रहनुहोला अन्यथा समस्यामा पर्नुहुनेछ। पानीबाट टाढा बस्नुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक कार्य र साहित्य लेखनमा सक्रिय रहनुहुनेछ। छोटो दुरिको रमाइलो यात्रामा जाने सुअवसर प्राप्त हुनेछ। विदेशमा बस्ने साथी र आफन्तबाट शुभ खबर प्राप्त गर्नुहुनेछ जसकारण तपाई निकै प्रसन्न रहनुहुनेछ ।स्वास्थ्यमा सुधारको अनुभव गर्नुहुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तपाईको आजको दिन त्यति राम्रो छैन। आफन्त र साथीभाइसग वादविवाद हुन सक्ला। शारीरिक तथा मानसिक स्वास्थ्य खराब हुन सक्छ । कुनै पनि जटिल परिस्थिति उत्पन्न हुन सक्छ जसले समस्यामा पनि पार्न सक्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शारीरिक तथा मानसिक रुपले निराश रहनुहुनेछ। आजको दिन कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनु नै फाइदाजनक हुनेछ। शीर तथा आँखा सम्बन्धि समस्या देखापर्ला। निर्धारित कार्य पूरा नहुँदा निराश रहनुहुनेछ। मन अशान्त रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तपाईको स्वास्थ्य राम्रो रहनेछ। परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। व्यापारको विकासको लागि दिन फलदायक साबित हुनेछ। धन लाभको योग रहेको छ। सहकर्मीको सहयोग मिल्नेछ तर अरुको भर पर्दा धोका पाउन सक्ने सम्भावना देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?