© २०२३
बुटवल,१ साउन । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयंशकरबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० सदस्य मुलुकका परराष्ट्र ९विदेश० मन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा दुई समकक्षीबीच वार्ता भएको हो।
बैंककमा भएको बिम्स्टेकका विदेशमन्त्रीहरुको दुई दिने बैठकका क्रममा भएको साइडलाइन वार्ता उपलब्धिमूलक भएको दुवै पक्षले जनाएका छन्।
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली समकक्षीसँगको वार्तालाई फलदायी भनेका छन्।
उनले भेटवार्तापछि नेपालसँग आपसी हितका विषयमा निरन्तर सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको पनि बताएका छन्।