© २०२३
बर्दघाट, १ साउन ।
श्रीलंकाको कोलम्बोमा भारत ए विरुद्धको एसिसि इमर्जिङ्ग कप क्रिकेटमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग गर्दैछ ।
नेपालले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको हो । पहिलो खेलमा पाकिस्तानसँग ४ विकेटले पराजित भएको नेपालले दोश्रो खेलमा भारतसँग प्रतिष्पर्धा गर्दैछ । डे÷नाइट खेल (फ्लड लाइट) को अनुभव नभएको नेपालको लागि दोश्रो चरण प्रवेशका लागि भारतसँगको जित निकै महत्वपूर्ण छ ।
भारत विरुद्धको आजको खेलमा मैदानमा कप्तान रोहित पौडेल सँगै कुशल भुर्तेल, गुल्सन झा,सोमपाल कामी, किशोर महतो, भीम सार्कि, ललित राजवँशी, पवन सर्राफ, कुशल मल्ल, आसिफ शेख, श्याम ढकाल उत्रिएका छन् ।