© २०२३
बुटवल, २५ असार ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकन र भुटानको ड्रुक एयरले उडान गर्ने भएका छन्। भैरहवास्थित सिद्धार्थ होटल संघको संयोजकत्वमा श्रीलंकामा आयोजना भएको ट्राभल मार्टमा पर्यटन सचिव सुरेश अधिकारी र श्रीलंकन एयरलाइन्सका प्रतिनिधिबीच छलफल हुँदा गौतम बुद्धमा उडान गर्न तयार रहेको जानकारी दिएका थिए।
‘ट्राभलमार्टमा दुवै मुलुकका पर्यटन व्यवसायीवीच छलफल भएको थियो। त्यहाँ श्रीलंकन एयरलाइन्सका प्रतिनिधिसँग लुम्बिनी प्रवर्धन गर्ने विषयमा छलफल भएको थियो,’ सचिव अधिकारीले भने,’हामीले यताबाट नेपाल वायुसेवा निगम र उताबाट श्रीलंकन एयरलाइन्सको उडान गर्ने विषयमा छलफल भएको छ।’
उनका अनुसार नेपाल वायुसेवा निगमको उडान प्रस्तावबारे श्रीलंकाबाट प्रतिकृया आउन बाँकी छ। मन्त्रालयको तर्फबाट श्रीलंकन एयरलाइन्सलाई सुरुमा साताको एउटा उडान भैरहवा गर्न प्रस्ताव गरिएको उनले जानकारी दिए।
भुटानको ड्रुक एयरले पनि भैरहवामा उडान गर्न प्रक्रिया अगाडि बढाएको छ। ड्रुक एयरले पारो-गया-भैरहवा त्रिकोणात्मक उडानका लागि सम्भावित अध्ययन सुरु गरिसकेको नेपालका लागि आधिकारी जीएसए डाँफे ट्राभलले जनाएको छ।
‘ड्रुक एयरले अध्ययन सुरु गरिसकेको छ। कम्पनीले पारो-गया-भैरहवा उडानको तयारी गरेको छ,’ डाँफेका संचालक पवित्र कार्कीले भने,’तीनैवटा गन्तब्य बौद्ध धर्मावलम्बीका लागि विशेष रहेको छ।’
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी