ट्रेंडिंग:

>> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती

बक्सिङ संघ लुम्बिनी प्रदेशमा राजु गुरुङ

१६ असार २०८०, शनिबार
१६ असार २०८०, शनिबार

बुटवल, १६ असार   पुर्व बक्सिङ खेलाडी राजु गुरुङको अध्यक्षतामा नेपाल बक्सिङ संघ, लुम्बिनी प्रदेशको नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । शनिबार बुटवलमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेसनबाट संघको वरिष्ठ उपाध्यक्ष टेक बहादुर पुन, उपाध्यक्ष जय बहादुर घर्ती, उपाध्यक्ष अब्दुल रहमान, सचिव कुमार खाड ठकुरी, कोषाध्यक्ष भेष बहादुर थापा, सदस्य महिला कृष्णा सुनार, सदस्य समीर सिद्घिकी, सिरमन घर्ती, बिरेन्द्र सि ठठेट, निम प्रसाद राहदी, मनिराम चक्रवर्ती र सरोज पौडेल सर्वसम्मत निर्वाचित भएका छन । यसैगरि शनिबार नै बसेको बैठकले संघको सहसचिव पदमा हरि बहादुर सुनार, सदस्य पदमा करण रोकामगर, खिम बहादुर राना तथा संघको प्रेस सल्लाहकारमा स्वस्तिक श्रेष्ठलाई मनोनित गरेको छ ।
एक कार्यक्रममा बिच अधिवेशनको प्रदेश खेलकुद विकास परिषद, लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै खेलकुद संघ स्थापना खेलको विकास गर्न भएको दाबी गर्दै निकट भविष्यमा राम्रो उपलब्धिहरु हासिल गर्नेमा आशावादी रहेको बताए । सरकारसंग समन्वय गरि संघहरु निरन्तर कार्यक्रमहरु गर्न सुझाव दिदै नीजि क्षेत्रको योगदान महत्वपुर्ण रहेको उनले बताए । बक्सिङ खेलमा उवरर्भुमि रहेको लुम्बिनी ओझेलमा परेको भन्दै नया ढंगबाट अघि बढ्दा पक्कै अवसरको ढोका खुल्ने उनले बताए ।
कार्यक्रममा नवनिर्वाचित संघका अध्यक्ष राजु गुरुङले बक्सिङमा राष्ट्रिय १३ औ र १४ औ प्रतियोगिताबाट शुभारम्भ गरेको स्मरण गर्दै खेल भावना विकासमा अनुसासन र निरन्तरता जरुरी रहेको बताए । खेलाडीलाई उत्साह जगाउने शब्दहरु रहेको खेल गानलाई अघि बढाउन जरुरी रहेको बताए । रुपन्देही जिल्लामा बक्सिङ खेल प्रशिक्षक विहिन रहेको दुखेसो गर्दै यसरी खेल विकासमा बाधा उत्पन्न भएको दुखेसो गरे ।
कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य शोभाजंग केसीले कुनै बेला बक्सिङ खेलमा नाम कमाएको लुम्बिनी फेरि जुरमुराएको दाबी गरे । खेलाडीको पहिचान र नियमित अभ्यास, प्रतियोगितामा ध्यान दिने गरि संघ लाग्नुपर्ने उनले सुझाव दिए । खेलकुद विकासमा सहयोग भएको सहयोग रकमको हिसाबकिताबमा पारदर्शिता नहुदा आलोचित हुनुपरेको उनले दुखेसो गरे । स्वस्थका हिसाबमा फिट नभएका खेलाडीलाई मैदानमा उत्रार्ने, आर्थिक पार्दशिता नहुने जस्ता छाप अब हटाउन नया नेतृत्वको काधमा रहेको उनले बताए । बक्सिङ खेलमा विस्तार भएका नया नया विधाहरुका कारण युवाहरुमा आकर्षक बढेको उनले बताए ।
पुर्व खेलाडी तथा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष टेक बहादुर पुनले अन्तराष्ट्रिय क्षेत्रमा पदकको सम्भावना बोकेको खेल भएको भन्दै सरकारबाट आवश्यक लगानी जरुरी रहेको बताए ।


कार्यक्रममा पुर्व बक्सिङ प्रशिक्षक तथा खेलाडी तुल बहादुर थापालाई बक्सिङ खेलमा गरेको योगदान स्वरुप दोसल्ला, नगदसहित सम्मान गरिएको छ । नवनिर्वाचित सचिव कुमार खाड, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले खेलकुद विकासमा सरकारको लगानी जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?